| धर्म निरपेक्ष राज्यमा 'हिन्दू' दशैंको बहिष्कार हुनु पर्छ |
काठमाण्डौं- नेपाल शाहा वंशीय सामान्ती बाहुनवादी राज्य सत्ताको पञ्जाबाट मुक्त भई धर्म निरपेक्ष राज्यको रुपमा घोषणा भईसकेको छ । तर गणतन्त्र स्थापित भएपछिको संघीय गणतन्त्रमा नेपालको पहिलो निर्वाचित सरकारले पनि सामन्ती चाड दशैलाई उही पुरानै सामन्ती तौर तरिकाले भव्यताका साथ मनाउने भएको छ । यतिखेर आफूलाई खुबै क्रान्तीकारी भएको दाबी गर्ने नेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहालले वर्तमान सरकारको नेतृत्व गरेको छ । मुलुक संघीय गणतन्त्रमा प्रवेश गरिसकेपछि पनि द्रव्य शाहाको पालादेखि विकृतियुक्त रहेको र धनी वर्गले मोज मस्ती र गरिबको लागि दशाको रुपमा रहेको हिन्दूहरुको चाड बडा दशैं आफूलाई पिडा हुने गरी मनाउनु भन्दा नमनाउनु नै वेश हुने यो चाडलाई पूर्ण रुपले बहिष्कार गरी यसको विकल्प खोजिनु पर्ने आवश्यक्ता टड्कारो रुपमा महसुस भएको कुरा बुद्धिजिवी तथा विश्लेषकहरुले बताउन थालेका छन् ।
|
 |
सन् १५५९ मा द्रव्य शाहले स्थापना गरेको सामन्ती राजतन्त्रको अन्त्यसंगै नेपाल र नेपाली जनताको उज्वल र समुन्नत भविष्यको ढोका खुलेको छ । जसबाट युगौंदेखिको सामन्तवादी राज्य सत्ताको अन्त्य भएको छ । सामन्तवादको अन्त्य अथवा राजतन्त्रको अन्त्यसंगै सामन्तवादको पक्षपोषण गर्ने वा सामन्ती परम्परालाई बचाइराख्ने वा पुरानो संस्कार र संस्कृतिलाई बचाइराख्ने यथास्थितिवादी प्रवृत्ति र चिन्तनलाई पनि नेपाली जनताले अन्त्य गर्नु पर्ने भएको छ । सबै किसिमको प्रतिगामी र यथास्थितिवादीहरुलाई नेपाली जनताले अन्त्य गर्नु पर्ने भएको छ । सबै किसिमको प्रतिगामी र यथास्थितिवादीहरुलाई नेपाली समाजले पूर्ण रुपले मिल्काउदै नेपाली जनताले फेरि पनि एउटा नया“ र महान क्रान्ती गर्नु पर्ने भएको छ । यो देश कसको हो - अहिन्दू मूलबासी मंगोल समुदायको हो भन्ने कुरा घाम जत्तिकै र्छलङ्ग छ । त्यसो हुन सकेन भने त्यो अन्तर विरोध झन बढ्दै जान सक्छ र नेपाली राजनीतिमा देखिएको राजनीतिक अन्तरविरोध अन्त्य भए पनि वर्गीय, धार्मिक, सामाजिक र सांस्कृतिक अन्तरविरोध कायमै रहेको छ । अहिलेको नेपाली जनताको मुख्य अन्तर विरोध भनेकै परिवर्तनको विरुद्ध देखिने यथास्थितिवाद हो ।
|
 |
नेपाली जनता परिवर्तन चाहन्छन् । राजतन्त्रको अन्त्यसंगै मुलुकमा परिवर्तन भईसक्यो भनेर मंगोल नेशनल अर्गनाईजेशन भन्दैन । यसले राजतन्त्रको स्थापना भएका खुशीयालीमा मनाउन थालेको कथित विजया दशमी भनेर राजतन्त्रको विजयको खुशीयालीमा द्रव्य शाहाले मनाउन शुरु गरेको कथित विजया दशमी पनि बहिष्कार गरिनुपर्ने भएको छ । राजनीतिक परिवर्तन पछि नेपाली जनताले आर्थिक, सामाजिक, सांस्कृतिक परिवर्तन हुनु पर्छ भनि हरेक क्षेत्रबाट आवाज उठाइरहेका छन् । वर्तमान सरकारले ठिक ढंगले छलाङ मारेर अगाडि जान सकेन भने फेरि पनि यस भूमिमा भयंकर व्रि्रोह हुन सक्छ त्यसलाई कसैले राकेर पनि रोक्न सकिन्न । वर्तमान सरकारले यथास्थितिलाई क्रस गरेर कति अगाडि जान सक्छ त्यो कुरालाई जनताले धैर्यताका साथ हेरिरहेका छन् । त्यस कारण व्रि्रोह हुने या नहुने भन्ने आवश्यक्ताको कुरा हो ।
नेपाली जनता नेपालमा नया“ ढंगको क्रान्ति गर्नु पर्छ भन्ने पक्षमा रहेका छन् । वर्तमान सरकार पुरानै परम्परावादी ढंगले सोचेर पुरानै ढंगले राज्यसत्ता चलाउन खोजिरहेका छन् । यो सरकार फेरि क्रान्ति गर्न सकिन्न, परिवर्तन गर्न सकिन्न भन्दै यथास्थितिमै टा“सेर बस्ने भएको छ । वर्तमान सरकार यथास्थिति र परिवर्तनको दोधारमा अड्किएको छ । न हा“सको चाल, न बकुलाको चालमा देखिएको छ । सरकारको नेतृत्व गरिरहेको क्रान्तिकारी माओवादीको सरकार वर्तमान अवस्थामा कुहिरोको काग झै रुमलिएको छ । सामन्तवादको प्रतिकमा रहेको बडादशैको बारेमा केही बोल्न चाहेको छैन र गर्न चाहेको पनि देखिदैन । अहिन्दू मूलबासी मंगोलहरु हिन्दू नभएका कारण जबरजस्ती रुपमा थोपरिएको शाहा वंशीय परम्पराको कथित बडा दशैलाई देशको परिवर्तनसंगै बहिष्कार गरिनुपर्छ । क्रान्ति र प्रगति कसैको निगाहा र चाकरीमा अडेको हुदैन, कसैले दिदैमा लिइने कुरा पनि होइन । बाहुनवादी चिन्तन र व्यवहारबाट उत्पन्न अन्तरविरोधको रेसियल संघर्ष सुरुकालबाट नै भएको र उर्त्र्सगको रुपमा २०६२/६३ सालमा आएर सकिए पनि रेसियल अन्तरविरोध कायम नै रहेको छ र पारसपरिक समानता कायम गर्ने र राष्ट्रिय एकतालाई मजबुत बनाउने हो भने बाहुनवादी चिन्तनबाट -हिन्दू दर्शनबाट) राष्ट्रलाई मुक्त गर्ने हो भने राज्यले दशैलाई तिरस्कृत र बहिष्कृत गरी धर्मविशेषलाई छोडिदिनुपर्छ । वर्ष१, अंक ८, २०६५ असोज १९ गते आईतबार प्रकाशित मंगोल भिजन साप्ताहीक पत्रिकाबाट साभार ।
|
 |
|
|
|