मङ्गोल भिजनको अनुरोध        
 
Home Page   |   News & Events   |   Articles   |   Interview   |   Editorial   |   Press Release   |   About MNO   |   Photo Gallery   |   Notices   |   Contact Us
दरवार हत्याकाण्डको मुख्य अभियुक्तको परिवारमा रुवाबासी
'विष्णु' अवतारलाई जनताको पाइतालाले कुल्चिएको छ

काठमाडौंर्-र् इसापूर्व १९ औं शताब्दीको हाइटी साम्राज्यको आक्रमणमा परी भागे पछि एउटा विशाल झुण्ड वर्तमान इरानतर्फभागे र त्यसतर्फलगभग ४ सय वर्षबिताए पछि सिन्धुघाटी हुदै यिनीहरुको एउटा झुण्र्डर् इसापूर्व १५ सौ अर्थात् आजभन्दा ३ हजार ५ सय वर्षपहिला लुटपात गर्दै र आतंक मच्चाउदै आतंककारी र लुटारहरुको रुपमा वर्तमान भारतमा भित्रिएका थिए । त्यसताका यी आतंककारी र लुटारहरुको जमातलाई एउटा क्षेत्रीय महापुरुषले ठूलो सहयोग एवं सुरक्षा पुर्‍याए जसको नाम आज पर्यन्त हिन्दूहरुले भगवान विष्णुको नाममा जप्ने गर्छन् । यसबाटै स्पष्ट हुन्छ की विष्णु को हो भन्ने कुरा । हिजो नेपाली समाजलाई अन्धकारतिर धकेल्दै सामन्ती राज्य व्यवस्था र राज्य सत्ताको एउटा टुकुडी शाहा वंशीय सामन्ती राजतन्त्रले आफूलाई यही भगवान विष्णुको अवतारको रुपमा आफैले आफैलाई घोषणा गर्दै लगभग ४ सय ४९ वर्षेखि नेपाली समाज र नेपाली जनताको छात्तीमा जरजर्ती टेक्दै आइरहेका थिए तर आज त्यही विष्णु अवतार सामन्ती राजतन्त्रलाई नेपाली जनताले पाइतालाले कुल्चिदिएको छ ।
सन् १५५९ मा द्रव्य शाहाले घले राजाको टाउको ठुन्काएकै दिनदेखि हिन्दू आर्यन बाहुन छेत्रीले खुशीयाली स्वरुप मनाउन थालेको कथित विजय दशमी भनिने पर्व पृथ्वीनारायण शाहाले १७६८ मा काठमाडौं उपत्याका तत्कालिन अवस्थामा कान्तिपुरका राजा जयस्थिति मल्लको राज्य कब्जा गरेपछि शाहा वंशीय शाषण व्यवस्था र साम्राज्यको विस्तार गर्ने क्रममा नेपाल राज्यको कथित एकीकरण अभियानस“ग स“गै नेपालका सबै अहिन्दू मूलबासी मंगोल समुदायलाई पनि जबरजस्ती मनाउन बाध्य बनाइएको थियो । द्रव्य शाहाले घले राजाको टाउको ठुन्काएको आज भन्दा करिब ४ सय ४९ वर्षेखि मनाउन थालेको र पृथ्वी नारायण शाहाले किर्तीपुरे मूलबासी मंगोल नेवार समुदायको १७ धार्नी नाक, कान काट्दै आजभन्दा २ सय ४० वर्षअघिदेखि सबै अहिन्दू मूलबासी मंगोल समुदायलाई जबरजस्ती मनाउन बाध्य बनाइएको कथित बिजया दशमी भनिने पर्व संविधान सभाको निर्वाचनबाट मुलुकम संघीय गणतन्त्रको स्थापना भई ४ सय ४९ वर्षो शाह वंशीय व्यवस्थाको अन्त्यसंगै तथाकथित हिन्दूहरुको मात्र महान चाड भनिने बिजया दशमी यस पटक नेपालका अधिकांश गाउं बस्तीमा बहिष्कार गर्ने भएका छन् । जसरी नेपालमा सामन्ती राजतन्त्रको नेपाली जनताले बहिष्कार गरिसकेका छन् । हिन्दू मात्रको महान चाड बिजया दशमी कुनै पनि समुदायको सामाजिक र सांस्कृतिक पर्व नभएको पुष्टि द्रव्य शाहाले १५५९ मा घले राजाको टाउको ठुन्काएपछि बिजयका प्रतीकका रुपमा मनाउन थालेबाट नै पुष्टि हुन्छ तर्सथ वर्तमान समयमा नेपालमा द्रव्य शाहाकै वंशजको सासन व्यवस्थालाई नेपाली जनताले पैतालाले किल्चिदिएका छन्, मसान घाटमा पुर्‍याइदिएको छ । यस अवस्थामा नेपाली जनताले र हिन्दूहरुले पनि कथित विजय दशमी भनिने यो राजनीतिक पर्व मनाउनु भनेको पुर्व मण्डलेहरुको नारा 'राजा आउ देश बचाऊ' भन्नु जस्तै हुनेछ तर्सथ संघीय गणतन्त्र नेपालको स्थापना भई शाह वंशीय सासन व्यवस्थाको पतन भईसकेको यस अवस्थामा सम्पूर्ण जनताले सामन्ती शाह वंशीय परिवारको विजयको खुशीयालीमा ४ सय ४९ वर्षपहिलेदेखी मनाउदै आइरहेको यस पर्वलाई सम्पूर्ण नेपाली जनताले बहिष्कार गर्नु आवश्यक छ ।

यसैकारण 'राजा' लाई विष्णुको अवतारको रुपमा मान्ने हिन्दू संस्कारले नेपाली राजपरिवारले राजखान्दानमा परिवारको कुनै सदस्यको मृत्यु हुंदा समेत हर्षोल्लासपूर्वक मनाउने राजनीतिक पर्व दशै शाह परिवारमा यस पटक दशा बन्न पुगेको छ । विगतमा नेपाली जनताको दशा बन्दै आइरहेको दशै नेपालमा गणतन्त्रको स्थापना भईसकेका कारण शाह वंशीय राजतन्त्रले हर्षोल्लासका साथ मनाउदै आएको यो पर्व यस पटक पूर्व राजपरिवारमा रुवाबासीको साथ मनाइने भएको छ । राजदरवार निकट श्रोतका अनुसार शाहबंशीय सासन व्यवस्थाको विरासतपूर्ण इतिहास बोकेको राजनीतिक पर्व कथित विजया दशमीमा यस पटक भूत राजाले र्सवसाधारण जनतालाई टिका लगाइदिने कार्यक्रम समेत बनाएको छैन ।
धेरैले भूत राजा ज्ञानेन्द्रले नागार्जुन दरबारको मनोरम वातावरण राजसी ठांटमै विजया दशमी मनाउलान् र कतिपयले निर्मल निवासमा भूत राजा ज्ञानेन्द्रले धुमधामसाथ दशै मनाउने अनुमान गरे पनि हिन्दू सम्राटको रुपमा अर्थात् विष्णु अवतारको रुपमा द्रव्य शाहाको पाला १५५९ देखि मनाउदै आएको विजया दशमी यस पटक पूर्व राजपरिवारमा निराश र लथालि हुने भएको छ ।
उता पूर्व युवराज भईसकेको काठमाडौंका डन पारस शाहा सिंगापुरमा दशैको समयमा नै एक्लो भएको छ । दशैको समयमा साथ दिन कुनै दरवारिया त के पूर्व राजपरिवारको कुनै सदस्य पनि यतिबेला पारसको साथमा छैन । पारस सिंगापुर पुगे लगत्तै हिमानी पनि सिंगापुरतिर पारससंगै लागेका थिए । सिंगापुर हिमानी साउन अन्तिम साता नेपाल फर्केकी र जेठी छोरी कृतिकालाई रवि भवनको लिंकन स्कूलमा भर्ना गरेर सिंगापुर फर्केकी र फेरि सिंगापुर पुगेको दुइ हप्ता नबित्दै दुइ छोराछोरीलाई लिएर हिमानी काठमाडौं फर्कीसकेकी छन् ।

वी ह्याव टु गेट व्याक ह्वाट् वी लस्ट् अर्थात् हामीले जुन चिज प्राप्त गर्नु पर्छ जुन हामीले गुमाएका छौं, नेपाली जनता सेलफिस छन् यिनको कुनै भर छैन सिंगापुरमा रहदा म छोटा राजन र दाउद इब्राहिमसंग कोअर्डिनेट गर्छु नेपालमा मेरो नेकपा माओवादीका नेता मातृका यादव र तामसालिङ नेपाल राष्ट्रीय दलका अध्यक्ष पर्शुरामसंग कुरा भईसकेको छ तिमीहरुले मलाई नेपालमा बसेर सहयोग गर्नुपर्छ अनि छानी छानी गणतन्त्रवादीहरुलाई सिध्याउनुपर्छ भन्दै सिंगापुर गएका पूर्वयुवराज पारस बाबुको हातबाट टिका ग्रहण गर्न स्वदेश र्फकने कुनै सम्भावना छैन । स्मरणीय छ २०५८ साल मंसिर ११ गते नेपाल सरकार तत्कालीन श्री ५ को सरकारले नेपालमा संकटकालीन अवस्थाको घोषणा गरेपछि पर्शुराम तामाङले माओवादी कार्यकर्ताहरुलाई आत्मर्समर्पण गर्न लगाउने विदेशमा भगाउने योजना बनाएका थिए । यही सिलसिलामा उसले आङ्खनै भाइ अधिवक्ता कुमार योञ्जनलाई पनि काकडभित्ता हुदै विदेश भगाएका थिए । विदेश भगाउने क्रममा काकडभित्ता स्थित थाई होटलमा केही समयका लागि पर्शुराम तामाङले आङ्खनो भाइ कुमार योञ्जनलाई बस्ने व्यवस्था गरेका थिए । यसै गरी पूर्व युवराज्ञी हिमानी भने दशैंताका सिंगापुर जाने की काठमाडौंमा बस्ने भनी अलमलमा परेको छ । उता नागार्जुन दरबारमा बसेर आत्मवृतन्ता लेख्नमा व्यस्त रहेको र आत्मवृतन्ता अंग्रेजी भाषामा लेख्दै गरेका भनिएका भूत राजा राती न्रि्रामा दाइ-दाइ भनेर छट्पटाउदै कराउने गर्न थालेको दरबार निकट उच्च श्रोतको दाबी छ । स्रोत भन्छ अब तत्काल नागार्जुन दरबार छोड्नु पर्‍यो भने कता जाने र कहां बस्ने भन्ने चिन्ताले ज्ञानेन्द्रलाई बढी पिरोलेको छ । ज्ञानेन्द्र शाहाले सत्ताको लागि नभई द्रव्य मोहकै कारण आङ्खनै दाइको वंश विनाश गरेको हल्ला यतिखेर दरबारिया वृतमा त्रि्र बनेको छ । यसैबीच दशै पछि ज्ञानेन्द्र शाहाले त्रि्र रुपमा राजनैतिक भेटघाट गर्ने योजना बनाएको समाचार स्रोतको दाबी छ । दरबार हत्या काण्डको मुख्य अभियुक्तलाई अझै पनि आफूलाई क्रान्तिकारी बताउने नेकपा माओवादीको नेतृत्वमा बनेको सरकारले राष्ट्रीय सम्पत्ती उपभोग गर्न दिईरहेका छन् । पछिल्लो पटक नेकपा एमालेका अध्यक्ष सिपी मैनाली, राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष एमएस थापामगर, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कमल छाराहाङ र ताम्सालिङ नेपाल राष्ट्रिय दलका अध्यक्ष पर्शुराम तामाङसंग ज्ञानेन्द्र शाहाले भेटघाट गरेको समाचार स्रोतले बताएको छ । नेकपा मसालले संघीयताको विरोधमा हिजो गरेको नेपाल बन्द दरबारियाहरुकै इसारामा भएको हो जुन १० वर्षो जनयुद्ध १९ जनआन्दोलन र जनभावना विपरीत छ । संघीयताको सवालमा ज्ञानेन्द्र शाहा, सेना प्रमुख रुकमंगत कटुवाल राप्रपा नेपाल र हिजोका नेपाल बन्द गर्ने र आफूलाई क्रान्तिकारी समूह र कम्यूनिष्ट बताउने कथित आन्दोलनकारीहरुको एउटै धारण देखिन्छ जसको सबै तिरबाट प्रतिकार गर्न आवश्यक थियो भन्ने विश्लेषकहरुको भनाइ छ । कम्युनिष्ट नामधारी बताउनेहरुको यस्तै राष्ट्रघाती र जनविरोधी क्रियाकलापहरु जारी रहने हो भने यो हिमाली राज्यमा एक दिन कम्युनिष्ट भन्ने शब्द नै शब्दकोषमा पनि भेट्न नसकिने राजनीतिक विश्लेषकहरुको दाबी छ ।
गत शुक्रबार मात्र अन्त्य भएको ज्ञानेन्द्र शाहाको पक्षमा विरगञ्जमा ज्ञानेन्द्रबादीहरुले प्रदर्शन गरेको छ नेपाल राष्ट्रवाद संघ नामक संगठनद्वारा आयोजित प्रदर्शनमा सहभागीले ज्ञानेन्द्र शाहाका पक्षमा नारावाजी गर्दै नगर परिक्रमा गरेका थिए । जुलुसमा महिला समेत करिब २५ जनाको सहभागिता रहेको थियो । तर्सथ ज्ञानेन्द्र शाहले दशै पछि लगत्तै राजनैतिक भेटघाटलाई त्रि्रता दिने भएको हुदा भेटघाट गर्नु अगावै दरबार हत्याकाण्डको उचित छानबिन गर्नको लागि उच्च आयोगको गठन गरी कारबाही गर्नु पर्ने राजनितिज्ञ र अपराध विश्लेषकहरुको भनाइ छ न त गणतन्त्र नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री पुष्प कमल दाहालको भविष्य के हुने यसै भन्न सकिन्न ति विश्लेषकको भनाइ छ दरबार निटक उच्च श्रोतका अनुसार ज्ञानेन्द्र शाहाले गणतन्त्रवादीहरुसंग भिड्न र आफूमा भएको बेइजतीबाट मुक्त हुन दुइ बटालियन सेना निर्माण गरिसकेको बताइएको छ । यस सेनाको डिजाइन माघ १९ पनि ज्ञानेन्द्र शाहाले संचालन गरेको निरंकुश कालारात्रीको सासन अवधीमा नै बनाइएको बताइन्छ तर यसको आधिकारिक पुष्टि हुन सकेको छैन । दरबार हत्या काण्डमा ज्ञानेन्द्र शाहा र पारस शाहाकै प्रत्यक्ष रुपमा संलग्न भएको आङ्खनै प्रत्यक्ष आ“खाले देखेको बताउने पाल्पाको ठिमुरे घर भई २०४९ सालमा सेनामा भर्ती भएर दरबारको सैन्य प्रहरीमा काम गर्ने गरेको लाल बहादुर लम्तेरी मगरको बयान पृष्ठ ७ मा छ हेर्नु होला । वर्ष१, अंक ७, २०६५ असोज १३ गते सोमबार प्रकाशित मंगोल भिजन साप्ताहीकबाट साभार ।
Related Articles
कठपुतली सरकारको एक वर्ष नागरिकको बेहालः भ्रष्टहरु मालामाल
मूलवासी महासंघ नेपालको पाचौं बार्षिक उत्सव समारोह हुने, बाहुन क्षेत्रीहरु विदेशी हुन् ।
अन्तिम र निर्णायक युद्ध लड्ने घोषणा गर्दै मंगोल नेशनल अर्गनाइजेशनको तेस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न
मंगोल नेशनल अर्गनाइजेशनको तेश्रो राष्ट्रिय माहधिबेसन भब्य रुपमा सफल परौ
मंगोल नेशनल अर्गनाइजेशनको २१ औ स्थापना दिवस भव्य रुपले मनाऔ
बाहुनहरु पतनो मुखमा, भारतका बामसेफ र मुलबासीको अधिवेशन जयपुरमा गोपाल गुरुङ विशिष्ट अतिथि
फेल भएका बाहुन क्षेत्रीलाई पास गराउनु , पास भएका मतवालीलाई फेल गराउनु
भारतिय कंग्रेसमा बाहुनहरु सफा चट्
मंगोल मुक्ति सेनाले आदिबासी जनजाति महासघं र प्रतिष्ठानको बोर्ड फालिदिने
जातिय मोर्चामा बाहुन क्षेत्रीहरु किन पदैनन्
ढुंगालाई दुध र मान्छेलाई मुत खुवाउने संस्कार भएका विदेशी हिन्दु आर्यान बाहुन क्षेत्रीहरुबाट नया नेपाल बन्न सक्दैन –गोपाल गुरुङ्
मंसिर १३ गते विशाल अधिकार सभा हुने
रामेछापमा पहिलो तर विशाल अधिकार सभा, विभिन्न पार्टी त्रसित र भ्रामक समाचार प्रचार
गोपाल गुरुङ्गलाई भारतका मुलवासीहरुको निम्तो
नेपालमा कुमाइ राजनीति
अम्बेडकर नेपाल भित्रिने गोपाल गुरुङ प्रमुख अतिथि बनाइने
असोज १७ गते विशाल अधिकार सभा हुने
पहाडियाको हेपाइले मधेसमा सेखमुजिव वा जिन्हा नजन्मियोस्
मंगोल भिजन साप्ताहीक दोश्रो वर्षमा
धर्म निरपेक्ष राज्यमा 'हिन्दू' दशैंको बहिष्कार हुनु पर्छ
मूलबासी मङ्गोल हिन्दु होइना
 
 
An Appeal

An appeal from the President of Mongol National Organization Nepal to the well-wishers.
 
Quick Vote
How do you like Mongol Vision Weekly?
Very Much.
It's good.
Not very much.
 
View Result
 
 
 
Mongol Vision Weekly(PDF)
Mongol Vision Weekly 41
Advertisements
Home Page   |   News & Events   |   Articles   |   Interview   |   Editorial   |   Press Release   |   About MNO   |   Photo Gallery   |   Notices   |   Contact Us

This site has been visited 90950 times