| मंगोल मुक्ति सेनाले आदिबासी जनजाति महासघं र प्रतिष्ठानको बोर्ड फालिदिने |
१९ दिने जनआन्दोलन पश्चात हिन्दु आर्यान बाहुन क्षेत्रीहरुको नेपालको राजनितिकमा पुर्ण रुपले सत्ता कब्जा गर्ने रणनितिहरु एकपछि अर्को गदै सबै तिर पूर्ण रुपले असफल भएपछि एनेकपा माओवादी, नेपाली कंगे्रस र तथाकथित एमालेले आफना प्रतिगामी क्रृयाकलाप र भातृ संस्थाहरु मार्फत नेपाली भुमिमा मुठभेड र गृहयुद्धको प्रारम्भ गरेको छ। काभ्रे पलान्चोककी कलिली केटी मैना सुनारलाई हत्याकाण्ड घटाउन आदेश फर्माउने तत्कालिन सेनाका प्रधानसेनापति रहेका प्याराजन् थापा र अप्रेसन विभागमा बसि नंरसम्हार मच्चाउन निर्देशन दिने तत्कालिन बलाधिकृत रथी रुक्मागत कट्वाल जस्ता आरोपिहरु चाहि कतैबाट सजाएको भागिदार नबनी उन्मुक्ति पाउने र नेपाली सेनाको सेनापति बन्न सक्ने तर मंगोल समुदायको भएकै कारण लाइनमा रहेका र सहिद परिवारका सदस्य छत्रमान सिह गुरुङ जस्ता व्यक्तिहरुलाई सेनापति बन्न नदिने षडयन्त्र रचेपछि एनेकपा माओवादी, नेपाली कंग्रेस र तथाकथित एमालेले बालेको मृत्युको आगोले कति जनालाई डढाउने हो, यकिन भै सकेको छैन। यद्यपि त्रास भने झन् झन् बढदै गइरहेको छ।
यहि क्रममा एनेकपा माओवादीले शुरु गरेको आन्दोलन तेस्रो चरणमा दौडिरहेको छ र तेस्रो चरणको आन्दोलन पुष ५, ६ र ७ गतेको बन्द पछि फास्फुस् हुने भएको छ। एनेकपा माओवादीको पहिलो, दोश्रो र तेश्रो चरणको आन्दोलन एनेकपा माओवादी, नेपाली कंगे्रस र तथाकथित एमाले कै सिर्षश्थ नेताहरुको सहमतिमा नै भएको बताइन्छ। यसबाट थाहा हुन्छ कि यि तिन ठुला दल आफना आगामी कार्यक्रम र पहिलेका आफना क्रियाकलाप र कार्यक्रमबाट कति हतास भै सकेछ भन्ने पुष्टि हुन्छ।
|
 |
ठुला भनिएका मुख्यतय तिन राजनितिक दल नाटकिय झगडाबाट २०६७ जेष्ठ चौध गते सम्ममा सविधान जारी हुन नसक्ने स्पष्ट जस्तै भै सकेको छ। गत २०६५ साल मंसिर ३० गते सविधान सभाको वैठकले सविधान निर्माण गर्नका लागि विभिन्न समितिहरु गठन गरेको थियो र सबै भन्दा प्रमुख सबैधानिक समितिमा सविधान सभामा प्रतिनिधित्व गर्ने २५ वटै राजनितिक दलका प्रतिनिधिहरुको सहभागिता गराईएको थियो। सबैधानिक समितिका अध्यक्षमा दुईदुई वटा निर्वाचन क्षेत्रबाट नागरिकहरुले तिरस्कृत र बहिस्कृत गरेका माधव कुमार नेपाललाई एनेकपा माओवादी र नेपाली कंगे्रस कै गुरुयोजनामा सभापतिमा चुनिए। जो विगतमा विरेन्द्र शाहको परिवारको हत्यारा भनि नेपाली नागरिकले किटान गरेका ज्ञानेन्द्र शाहको पाउमा दाम राखि जधौ गर्थे र तिनै ज्ञानेन्द्रसग प्रधानमन्त्रि पदका लागि आर्शिवाद माग्न पुग्थे।
यिनै माधव कुमार नेपालमा भएको पद लोलुप्ताको कारण पछिल्लो समयमा आएर ३ महिना सम्म सविधान सभाको सबै भन्दा महत्वपूर्ण समिति सबैधानिक समिति ३ महिना सम्म सभापति विहिन हुन पुग्यो।अब मुलुकमा नया सविधान जारी गर्ने समय भनेको ५ महिना मात्र बाकी रहेको छ। सविधान सभामा सबै समितिहरु गठन भएपछि सविधान सभा भन्दा बाहिर रहेका केही राजनितिक दल, संघ, संगठन र सिमित नागरिकहरुसग उनीहरुको सुझाव राय सल्लाह लिने काम भयो। तर, यिनीहरुको सुझाव हेदै नहेरी सुझाव हेरेको र यही आधारमा सविधान निर्माण हुदै छ भनि नाटकिय काम पनि यि सविधान सभाका सदस्यहरुले गरिरहेका छन्। उनिहरुको विचार र भावनाको कदर हुनुपर्छ भन्ने मंगोल नेशनल अर्गनाइजेशनको शुरु देखि कै राय रहेको थियो।
सविधान सभाको आयु सकिन लाग्दा सम्म ठुला राजनितिक दलहरु भागबन्डाको झगडामा फसिरहेका छन्। अझ सम्म सविधान सभामा प्रान्तिय सरकारको विषयमा बहस चल्न सकिरहेको छैन। लोकतन्त्र धर्मनिरपेक्षता र प्रान्तिय सरकार सविधानको प्रस्तावना नै राखिनु पर्छ भन्ने मंगोल नेशनल अर्गनाइजेशनको धारणा रहेको छ। प्रान्तिय सरकार जातियताको आधारमा हुनु हुदैन भन्ने मंगोल नेशनल अर्गनाइजेशन धारणा छ। किनकी नेपालमा ८० प्रतिशत अहिन्दु मुलबासी मंगोल समुदाय र २० प्रतिशत हिन्दु आर्यान बाहुन क्षेत्री रहेको छ। अहिन्दु मुलबासी मंगोल समुदाय यही देशका नागरिक हुन् अथवा मुलबासी हुन् भने हिन्दु आर्यानहरु बाहिरबाट आएका आदीबासी हुन् जो मंगोल साम्राज्यको आक्रामण पछि नेपाल प्रवेश गरेका हुन्।
|
 |
मंगोल नेशनल अर्गनाइजेशन एउटा उदियमान सशक्त राजनितिक दल हो। लोकतन्त्रको मुल्यमान्यतामा अडिग यस राजनितिक दलको संगठन विस्तारक्रम देशभरि नै हुदै छ र राजनितिक शक्तिको अभ्यासको थालनी हुदैछ। लोकतान्त्रिक परिपाटिमा विचारको प्रवाहलाई रोक्न खेजियो, कम आकियो र व्यवस्था गरियो भने त्यसको परिणाम भयावह बन्न सक्छ। त्यसैले सविधान सभाको सवैधानिक समितिले सुझबुझका साथ अघि बढ्न र बास्तविक यथार्थलाई आत्मसाथ गदै जल्दाबल्दा र पेचिला विषयलाई ग्रहण गर्न सक्नुपर्छं। त्यस्ता विषयलाई गलत ढंगले बुझेर अथवा ओझेलमा पारेर काम गर्न थालियो भने नराम्रो दुष्परिणाम निक्लन सक्छ। आजको सरकार र अन्तरिम सविधानले मुलबासीलाई आदिबासी, जनजाति भनेर परिभाषित गरेको छ। यो सरासर गलत र भ्रमक प्रचार हो। आदिबासी जनजाति भनेका १४९५ मा भारतबाट नेपाल भित्रेका बाहुन क्षेत्री समुदायका मानिसहरु हुन्। नेपालका ८० प्रतिशत अहिन्दु मुलबासी मंगोलहरु आदिबासी नभएर नेपालका मुलबासी हुन् त्यसैले अब निर्माण हुने नया सविधानको प्रस्तावनामा नै आदिबासी जनजाती भन्ने शब्दको ठाउमा नेपालका मुलबासी भन्ने शब्द लेखिनु पर्छ प्रस्तावनामा नै लेाकतन्त्र धर्मनिरपेक्षता र प्रान्तिय सरकारको उल्लेख अनिवार्य रुपमा हुनुपर्छ। मंगोल समुदायका मानिसहरुलाई आदिबासी, जनजाति शब्दबाट परिभाषित गदै मंगोल समुदायको अवमुल्यन गरि रहेको वर्तमान अवस्थामा नेपाल सरकारले पनि आदिबासी जनजाति उत्थान राष्टिय प्रतिष्ठान नाम राखेर आयोग बनाएको हुदा त्यसलाई तत्काल नाम परिवर्तन गरि मुलबासी उत्थान राष्टिय प्रतिष्ठान बनाउनु पर्छ। यदि त्यसो गरिएन भने मंगोल नेशनल अर्गनाइजेशनले २०६६ पौष १७ गते देखि त्यस्ता बोर्डहरु झिक्ने र आदिबासी जनजातिका ठाउमा मुलबासी लेख्ने अभियान सञ्चालन गर्ने बुझिएको छ। त्यस्तै आदिबासि जनजाती महासंघले पनि आदिबासी जनजाति महासंघको ठाउमा मुलबासी नलेखे ति बोर्डहरु पनि मंगोल नेशनल अर्गनाइजेशनका मिलिटेन्स कार्यकर्ताहरुले देशभरि बाटै निकालेदिने भएको सम्बद्ध सो्रतले बताएका छन्। यसरी नै लोकतन्त्र र लोकतान्त्रिक परिपाटीमा विश्वास राख्ने दलहरुले मंगोल समुदायलाई फेरी पनि आदिबासी जनजाति भनि सम्बोधन गरेमा अथवा आफनो पुरानो सस्कार र बानी व्यहोरामा सुधार नगरिएमा पनि दलका मिलीटेन्स कार्यकर्ताहरुले एक्सन् गर्ने भएको बुझिएको छ। यि सबै कुराको जानकारी गर्न, गराउनका लागि मंगोल नेशनल अर्गनाइजेशनले पुर्व र पश्चिम अञ्चल स्तरिय भेला गदै आफनो दलको धारणा अवगत गराउने भएको छ भनि समाचार श्रोतले बताएका छन्। पुर्व र पश्चिम अञ्चल स्तरिय भेला सम्पन्न गर्नका लागि यतिबेला मंगोल नेशनल अर्गनाइजेशनका कार्यकर्ताहरु जुटिरहेको र सबै क्षेत्रका भेलाहरुमा गरि एक लाख भन्दा बढि मानिस उपस्थित हुने अनुमान गरिएको पनि समाचार प्राप्त भएको छ। उल्लेखित कुराले समुदायको आधारमा संघको निम{ण गरिनु हुन्न र भुगोललाई बैधानिक आधारमा संघको निर्माण गरिनुपर्छ भन्ने मान्यता अर्गनाइजेशनको रहेको छ। समुदायको आधारमा संघ निर्माण गर्नु हुन्न भन्ने मान्यता राख्ने समुदायका मानिसहरुको राय र सुझावलाई यथेष्टा विश्लेषण गरि दलको धारणा बनाएको हो। त्यसैले समुदाय र आदिबासी जनजातिका नाममा पुच्छर जोडिएका संघहरुको नाममा संघियताको निर्माण हुनु हुदैन। मंगोल समुदायको बिमति सबैधानिक समितिमा छ। मुलबासीका मानिसहरुको उपस्थिति त्यहा सुन्य छ। भोलि आदिबासी बाहुन क्षेत्री समुदायका प्रतिनिधिहरुले बास्तविक यथार्थलाई दबाएर आफनो विचारलाई मात्र स्थापित गर्न सक्ने भएको हुदा उक्त समितिमा अहिन्दु मुलबासी मंगोल समुदायका सविधान विद् र विद्धानहरुको प्रतिनिधित्व हुन आवश्यक र अनिवार्य थियो। त्यसैले उक्त सवैधानिक समिति अपूर्ण छ। यसै गरि जनवरी १ अर्थात पुष १७ गते मंगोल नेशनल अर्गनाइजेशनले देशव्यापी रुपमा आफनो स्थापना दिवस भव्यताका साथ मनाउने भएको छ। उक्त दिन झापाको विर्तामोडमा, इलामको इलाम बजार, रसुवा, धादिङ, नुवाकोट, रामेछाप, दोलखा, रोल्पा, दाङ, चितवन, रुपन्देही र काठमाडौमा पनि विशाल सभा हुने बुझिएको छ। मंगोल भिजन झापाका प्रतिनिधिका अनुसार उक्त दिन झापामा दुई हजारका संख्यामा मंगोल युवा मुक्ति सेनाले मार्च पास गर्ने र पच्चिस हजार जनताको उपस्थितिमा विशाल सभा हुने भएको बुझिएको छ। पौष १७ गते कै दिन मध्यन्ह ३ बजे मंगोल नेशनल अर्गनाइजेशन भ्याली सभाले काठमाडौ जिल्लाको जोरपाटी गा.वि.स. को जोरपाटी चोकमा विशाल सभाको आयोजना गर्ने भएको छ। उक्त सभामा उपस्थित भईदिन मंगोल नेशनल अर्गनाइजेशन भ्याली सभाले एक पे्रस विज्ञप्ति प्रकाशित गरि हार्दिक अनुरोध गरिएको छ। उक्त दिन नेपाल भरि नै मंगोल मुक्ति सेनाले मार्च पास गर्ने भएको बुझिएको छ।
|
 |
|
|
|