मङ्गोल भिजनको अनुरोध        
 
Home Page   |   News & Events   |   Articles   |   Interview   |   Editorial   |   Press Release   |   About MNO   |   Photo Gallery   |   Notices   |   Contact Us
जातिय मोर्चामा बाहुन क्षेत्रीहरु किन पदैनन्
एनेकपा माओवादी, नेपाली कंग्रेस, तथाकथित एमाले र राष्टि्य प्रजातन्त्र पार्टी जस्ता प्रतिगामी र मण्डलेहरुले अहिन्दु मुलबासी मंगोल समुदायलाई आआफनो पार्टीमा आकर्षण गर्न समुदायको नाममा मार्चा खोलेर संचालन गरिहेका छन्। यस विषयले ति पार्टीहरुमा बाहुनबादी चिन्तन हावी भएको पुष्टि गर्दछ। एउटा सिद्धान्त निष्ठ पार्टीमा समुदायको नाममा मोर्चाको आवश्यकता किन रहन्छ नरहनु पर्ने हो तर विडम्बना युक्त ढंगले यस्तो मोर्चाको संचालन र समुदायको शोषण भईरहेको छ।
समुदायको नाममा मोर्चाको अवधारणामा अगाडि ल्याउने राजनितिक दलहरुले बाहुन क्षेत्रीको जातिय मोर्चाको आवश्यकता किन देखेनन् अथवा बाहुन क्षेत्रीहरु मात्र यो मुलुकको परिष्कृत समुदाय हो यसको जवाफ एनेकपा माओवादी, नेपाली कंग्रेस र तथाकथित एमालेमा भएका बाहुन क्षेत्री नेताहरुले दिनुपर्छ। सबै समुदायको नाममा संघ र राज्य बनाउन खोज्ने एनेकपा माओवादी र तिनका बाहुनबादी नेताहरु अब्बल दर्जाको सर्वहारावादी नेता भन्न रुचाउने तर समुदायको प्रश्नलाई अगाडि सारेर मुलबासीहरु माथि राजनितिक गदै उनीहरुको शोषण गदै छन् भन्दा फरक पदैन।
एनेकपा माओवादी नेतृत्वले विभिन्न समुदायको नाममा राज्य समितिहरुको विभाजन समेत गरेको छ तर ति राज्य समितिहरुमा मुलबासीका मानिसहरुको प्रतिनिधित्व गराईएको छैन। बहुसख्यक समितिमा बाहुन क्षेत्रीहरुको मात्रा प्रतिनिधित्व रहेके छ। यसबाट पनि पुष्टि हुन्छ कि माओवादी पार्टी भित्र सर्वहारावादी ढर्रा देखाएर बाहुनबादी चिन्तन प्रबल रहेको छ।

एकताका वर्तमान एमालेका म्यादी अध्यक्ष तथा रत्नकुमार वान्तवाका हत्यारा झलनाथ खनालले माओवादीले समुदायको नाममा मोर्चाको निर्माण गरेर राष्ट्रलाई टुक्राटुक्रा बनाउन खोजेको आरोप लगाएका थिए। तर, तिनै झलनाथ खनालले पछिल्लो चरणमा आएर आफनो पार्टी भित्र पनि त्यस प्रकारको मोर्चाको निर्माण गर्नुले माओवादीको सापटी निति लिएको स्पष्ट हुन्छ। यस विषयमा नेपाली कंग्रेस र राप्रपा मण्डलेहरु कोही पनि अछुतो रहेका छैनन्। त्यसैले यसलाई राजनितिको विचलन, विकृति र विसंगति मान्नु पर्छ। बाहुनबादी सोच र चिन्तनको आधारमा अन्य समुदायका मानिसहरुलाई हरहिसावले कम्जोर र पंगु बनाउन भगिरथ प्रयासहरु भईरहेका छन्। अहिन्दु मुलबासी मंगोल समुदायमाथी यस प्रकारको खेलवाड गर्न र राजनितिक शोषण गर्न मुलबासी कै मानिसहरु पनि बाहुनबादी चिन्तन बोकेर लठ्ठ भएका छन्।जातिय चिन्तन, संगठन, मोर्चा वा संघ आफैमा खतरनाक विषय हो। त्यसैले निर्माण भएको समुदायको नाममा मोर्चाहरुको अविलम्व खारेजी हुनुपर्छ र समुदायको आत्मनिर्णयको अधिकार छोडिनु पर्छ। मुलबासीहरु आफनो अधिकार प्राप्त गर्न र नेतृत्व सम्हाल्न अब आफै सक्षम छन्। त्यसैले समुदायको नाममा मोर्चाको आवश्यकता छैन। बाहुनबादी चिन्तनको मोर्चामा बसेका वा त्यसको अधिनायकत्व स्वीकार गरेका मुलबासीका मानिसहरुले आफनो अस्तित्व विर्सिएका वा गुमाएका छन्। अस्तित्व बोधको लागि पनि उनीहरुले त्यस्ता मोर्चाहरुको विरोध र स्वतन्त्र अस्तित्वको खेाजीमा निस्कन आवश्यक छ।
Related Articles
कठपुतली सरकारको एक वर्ष नागरिकको बेहालः भ्रष्टहरु मालामाल
मूलवासी महासंघ नेपालको पाचौं बार्षिक उत्सव समारोह हुने, बाहुन क्षेत्रीहरु विदेशी हुन् ।
अन्तिम र निर्णायक युद्ध लड्ने घोषणा गर्दै मंगोल नेशनल अर्गनाइजेशनको तेस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न
मंगोल नेशनल अर्गनाइजेशनको तेश्रो राष्ट्रिय माहधिबेसन भब्य रुपमा सफल परौ
मंगोल नेशनल अर्गनाइजेशनको २१ औ स्थापना दिवस भव्य रुपले मनाऔ
बाहुनहरु पतनो मुखमा, भारतका बामसेफ र मुलबासीको अधिवेशन जयपुरमा गोपाल गुरुङ विशिष्ट अतिथि
फेल भएका बाहुन क्षेत्रीलाई पास गराउनु , पास भएका मतवालीलाई फेल गराउनु
भारतिय कंग्रेसमा बाहुनहरु सफा चट्
मंगोल मुक्ति सेनाले आदिबासी जनजाति महासघं र प्रतिष्ठानको बोर्ड फालिदिने
ढुंगालाई दुध र मान्छेलाई मुत खुवाउने संस्कार भएका विदेशी हिन्दु आर्यान बाहुन क्षेत्रीहरुबाट नया नेपाल बन्न सक्दैन –गोपाल गुरुङ्
मंसिर १३ गते विशाल अधिकार सभा हुने
रामेछापमा पहिलो तर विशाल अधिकार सभा, विभिन्न पार्टी त्रसित र भ्रामक समाचार प्रचार
गोपाल गुरुङ्गलाई भारतका मुलवासीहरुको निम्तो
नेपालमा कुमाइ राजनीति
अम्बेडकर नेपाल भित्रिने गोपाल गुरुङ प्रमुख अतिथि बनाइने
असोज १७ गते विशाल अधिकार सभा हुने
पहाडियाको हेपाइले मधेसमा सेखमुजिव वा जिन्हा नजन्मियोस्
मंगोल भिजन साप्ताहीक दोश्रो वर्षमा
धर्म निरपेक्ष राज्यमा 'हिन्दू' दशैंको बहिष्कार हुनु पर्छ
दरवार हत्याकाण्डको मुख्य अभियुक्तको परिवारमा रुवाबासी
मूलबासी मङ्गोल हिन्दु होइना
 
 
An Appeal

An appeal from the President of Mongol National Organization Nepal to the well-wishers.
 
Quick Vote
How do you like Mongol Vision Weekly?
Very Much.
It's good.
Not very much.
 
View Result
 
 
 
Mongol Vision Weekly(PDF)
Mongol Vision Weekly 41
Advertisements
Home Page   |   News & Events   |   Articles   |   Interview   |   Editorial   |   Press Release   |   About MNO   |   Photo Gallery   |   Notices   |   Contact Us

This site has been visited 90967 times