| मंगोल नेशनल अर्गनाइजेशनको तेश्रो राष्ट्रिय माहधिबेसन भब्य रुपमा सफल परौ |
इलाम बासीलाई आव्हान एवम् अनुरोध हामीले तिन वटा लडाईं जित्यौ । काठमाडौ : मंगोल नेशनल अर्गनाइजेशनको तेस्रो राष्ट्रिय महाधिवेशन इलाम जिल्लाको सदरमुकाम इलाम बजारमा हुने भएको छ । मंगोल नेशनल अर्गनाइजेशनका केन्द्रिय सदस्य एवम् महाधिवेशन आयोजक कमिटीका संयोजक गणेश राइका अनुसार संगठनको महाधिवेशन फागुन १५, १६ र १७ गते हुने भएको छ । । अधिवेशनमा ६० जिल्लाबाट प्रतिनिधिहरु सहभागी हुने र १७ गते हुने विशाल सभामा ४० हजार नागरिकहरुको उपस्थित हुने अनुमान गरिएको छ । यतिखेर मुलुकका विभिन्न क्षेत्रहरुमा महाधिवेशनका सन्दर्भमा विविध कार्यक्रमहरुको आयोजना गरि प्रचार-प्रसार गरिरहेको छ भने लाखौ पर्चा र पचासौ हजार पोस्टरहरु टाँशने र बितरन गरिरहेको छ । मंगोल नेशनल अर्गनाइजेशनले प्रकाशन गरी बितरन गरेको पर्चामा उल्लेख गरेको छ यो देश जंगली, भुसत्रिग्रे, खर्पने र पाखेहरुको हो । यसलाई राखि देउ यसैगरी यिनीहरु सुध्रिए हाम्रो सिरीखुरी काँह जाला - मन्त्री मण्डल चुन्दा क्षेत्री बाहुन हुली चुन्नु मतवाली कबै नहुल्नु राममणी दिक्षित । हामी शासन गर्नको निम्ती जन्मेका हौ । धोतीको जुम्रा (मतवालीहरु) टाउकोमा पुगे अनर्थ हुनेछ । यिनीहरुका नेताहरुलाई सजिलै सँग र सस्तो मोलमा कुखुरा र बाख्रा सरह किन्न सकिन्छ र किनेर यिनीहरुकै विरोधमा लडाउने भिडाउने खेताला र गोठाला बनाउनु पर्छ त्यतिले तह लगाउन नसके दरबारीय एजेन्ट, भारतिय र सिआइएका एजेन्ट भनेर भए पनि जनतामा भ्रम फैलाई यिनीहरुका समर्थकहरुबाट अलग्याउनु पर्छ र त्यतिले पनि तह नलागे यिनीहरुकै अनुहारसँग मिल्ने मलवालीहरुलाई ठर्रा र भुत्ले सागमा डुबाई आक्रमण गर्न लगाउन पर्छ र आफनै स्वार्थ सिद्ध गरि हाम्रो शासन गर्ने अधिकारलाई कायम राख्नु पर्छ - गायत्रीमन्त्र-२ ।
|
 |
साठी वर्ष (छ दसक) देखिको मन्त्री मण्डललाई निहालेर हेरेको खण्डमा र हेर्न सकेको खण्डमा एउटा सफा ऐनामा आफनो अनुहार हेरे जस्तो सफा सँग देख्न सकिन्छ । इलामे दाजुभाई दिदिबहिनीहरु हो- त्यसमा पनि मंगोल नेशनल अर्गनाइजेशनका समर्थक र मतदाताहरुलाई हामी आव्हान र अनुरोध गर्दछौ । राममणी दिक्षितको यो भनाईले प्रस्ट गर्छ कि यो देश नेपाल बाहुन क्षेत्री हिन्दु आर्यानहरुको नभएर हामी अहिन्दु मुलबासी मंगोल जसलाई जंगली, भुसत्रिग्रे,खर्पने -नेवार) र पाखेहरुमात्र बनाएर हाम्रो सबथोक लुटेर सर्बस्वहरण गर्ने षडयन्त्रको महाजालमा हामीलाई माखो र माछो बनाउदै सर्बहरा बाहुन क्षेत्रीहरु सर्बभरा बनिए- हामी सर्भराबाट सर्बहारा बनाइयौ, हामी हुकुमबासी थियौ, सुकुम्बासी बनाइयौ । अब उसो हामी विभिन्न पाटीको बोक्रे नारामा नअल्झेर हामी आफनो र आगामी पुस्ताका अस्तित्व, उज्जवल र सुरक्षित भविष्यको निम्ति परस्परमा हनुमान र सुग्रिब जस्तो नभिडेर एक अर्कालाई बुझन सक्ने क्षमताको विकास गर्नु परेको छ । यति लामो समय सम्म हिजो धोती र जनाई मात्र भिरेर आएका हिन्दु आर्यान बाहुन क्षत्रीकै हनुमान खेताला, गोठाला हरुवा, चरुवा मात्र बनाइयौ र आज हाम्रो यो दुर्गति भएको छ । आज नेपालमा त्यहि भएको छ । जुन मंगोल नेशनल अर्गनाइजेशनका संस्थापक प्रेसिडेन्ट गोपाल गुरुङले लेख्दै, बोल्दै र लडदै आएको ३८ वर्षदेखिको दरो पाइलो चाल्दै आएका छन् । पोहोर साल २००८ र २००९ मा हामीले ठुल्ठुला ३ वटा लडाईं जितेका छौ, ति हुन् । १) मंगोल नेशनल अर्गनाइजेशनले १८ वर्षपछि दर्ता पाउनु २) राजतन्त्रको जरो उखेल्लिनु ३) मुलबासीको नाममा ठगि खाने आदिबासी जनजातिलाई डिएफआईडिले दिने हन्डी बन्द गर्नु । परन्तु अझै बेसी महत्वपूर्ण कामहरुले हामीलाई पर्खि बसेको छ । यसको निम्ति फेब्रेवरी २७, २८ र मार्च १ को दिन मंगोल नेशनल अर्गनाइजेशनको तेस्रो महाधिवेशन हुदैछ इलाममा । त्यसको निम्ति मुठी खुला गरेर छाती फाँटिलो बनाएर सहयोग गरिदिनुस् र यस पल्टको अधिवेशनको तेस्रो दिन आयोजना हुने आम सभामा हाम्रो मतदाता र शुभ चिन्तकहरुले वर्षा आकाशमा मडारिने बादल जस्तै बाक्लै रुपमा उपस्थित भईदिनु होस् भन्ने हाम्रो हार्दिक अनुरोध छ । त्यस सभालाई मंगोल नेशनल अर्गनाइजेशनका प्रेसिडेन्ट गोपाल गुरुङले सम्बोधन गर्नु हुनेछ । हाम्रो अघिको अरु कामहरु १) राज संस्था पक्षधर गणतन्त्र विरोधिहरुको अवशेषलाई खरानी बनाउने पाइलाहरु चाल्नु । २) धर्म निरिपेक्ष र प्रान्तियताको जग बलियो बनाउनु । ३) अराष्ट्रिय पोसाक, झन्डा र सम्वात इत्यादिलाई राष्ट्रिय बनाउने षडयन्त्रकारी अराष्ट्रिय तत्वहरुको विरोधमा शसक्त पाइलाहरु चाल्नु । ४) अब बन्ने सविधानमा मुलबासी लेखाउने र जातजाति हटाई सम्प्रदाय अथवा समुदाय लेखाउनु ५) तथाकथित राष्ट्रिय चिन्हहरु नै हटाउनु अथवा गाईको ठाँऊमा कस्तुरी मिर्ग राख्न लगाउने, पाइलाहरु चाल्नु ६) विजया दशमी (हिन्दुबादीहरु) को दिन कालो टिका लगाई शोक सभाहरु गर्नु र त्यसको महत्व बुझाउनु ७) हिन्दुहरुको तथाकथित पैसा दिने लक्ष्मी पुजाको अघिल्लो दिन बालीहाङको (हाङ भनेको विर पुरुष) महत्व माथी प्रकाश पार्दै तिहार मनाउनु । देवसुरेले देव भन्ने हिन्दु आर्य र सु्रेले सुर अथवा असुरको प्रतिनिधित्व गर्ने भएकोले अहिन्दु मुलबासी मंगोलहरुले त्यस ठाँउमा जै मंगोल-जै मंगोलको थालनी गर्नु अथवा हाम्रो मुलुकमा हाम्रो सस्कृति झल्काउने नितिहरु बसाउनु हुनेछ । कार्यक्रम हुने स्थान : इलाम बजार, इलाम मिति : १ मार्च २०१० -१६, फागुन २०६६) समय : विहान ११ बजे अनुरोधक : केन्द्रिय सभा लगायत इलाम र झापा जिल्ला एवम् गाउ सभाहरु, मंगोल नेशनल अर्गनाइजेशन सौजन्य : मंगोल युवा मुक्ति सेना यसै गरि पोस्टरमा उल्लेख गरेको छ । मंगोल नेशनल अर्गनाइजेशनको विशाल आम सभा हामीले ठुल्ठुला लर्डाई जित्यौ : ति हुन् । १) मंगोल नेशनल अर्गनाइजेशनले दर्ता पायो, गणतन्त्र आयो । २) राजसंस्थाको जरो उखेलियो । ३) मुलबासीको नाममा ठगिखाने आदिबासी, जनजातिको ठुलो रकम डिएफआइडिले रोक्यो । ४) धर्म निरपेक्ष स्वीकारे ५) प्रान्तियता स्वीकारे अब लड्नु पर्ने लडाईं १) अराष्ट्रिय पोसाकलाई राष्ट्रि पोसाक बनाउने, अराष्ट्रिय तत्वहरुसँग २) गणतन्त्र विरोधि तत्वहरुसँग ३) अराष्ट्रिय झन्डा र सम्बात हटाउन नचाहाने अराष्ट्रिय तत्वहरुको विरोधमा ४) गाईलाई राष्ट्रिय चिन्ह राख्न चाहाने, अराष्ट्रिय तत्वहरुसँग ५) विभिन्न अराष्ट्रिय तत्वहरुको षडयन्त्रको विरोधमा । आमसभा हुने स्थान : इलाम बजार, इलाम
मिति : १ मार्च २०१० समय : ११ बजे आयोजक : मंगोल नेशनल अर्गनाइजेशन तेस्रो महाधिवेशन आयोजक सभा सौजन्य : मंगोल युवा मुक्ति सेना
|
 |
|
|
|