प्रेसिडेन्टज्यू कतिपय मान्छेले तपाईलाई केहि गर्न नसक्ने घमण्डी व्यति्क भन्ने गरेको छन् भने केहिले गोपाल गुरुङले केहि गर्न सक्दैन अब इतिहास भई सक्यो भनेर आलोचना पनि गरिरहेका छन्। तपाईले आफ्नो कार्यशैलि र संगठनको मुल्यांकन कसरि गरिरहनु भएको छ?
कसैले मेरो कार्यकर्तालाई भडकाउन र निराश पार्न पनि यस्ता कुराहरु भनिरहेका छन्। यो मेरो निम्ती नयाँ कुरा होइन। विरोधीले त्यसो भन्नु नयाँ कुरो पनि होइन। विश्व प्रसिद्ध चित्रकार भिन्सीले एकताका चित्र प्रदर्शन गरेका थिए। उसले एकजना आरिसे परिचितलाई पनि लिएर गए तर ति तस्वीरहरु आफुले बनाएको भनेनन। ती परिचित व्यतिले सबै तस्वीरहरु हेरेर प्रशंसा मात्र गरे, दंग परे। तर आखिर भिन्सीले यी सवै चित्रहरु आफुले बनाएको जानकारि दिएपछि त्यो आरिसे इखालु र विखालुले एउटा तस्वीर हेदैं भने यसको नाकनै टेडियो यस्तो पनि हुन्छ? नेहरुजी आफुलाई एशियाकै वरिष्ठ राजनितिज्ञा ठान्थे र यस्तो गर्व वोकेर बनिडुङ सम्मेलनमा पुगे। नेहरुको व्यवहारदेखेर कतिपय नेताहरुले घमण्डी मान्दै भने। जिन्हा अदालतमा पस्ता दुबैतिर हेर्दै ठकठक जुत्ताको आवाज सुनाउदै पस्थे, जिन्हालाई आरिसेहरुले घमण्डी स्वााठ भन्थे, जो पाकिस्थानका जन्मदाता बने। मलाई कसले के भन्छन त्यसलाई त्यति महत्व दिन्न। मैले के गर्दै छु र कति सफल छु त्यसलाई महत्व दिन्छु। मेरो अस्तित्वको लडाई बुझने नेपालका मुलवासि मंगोल र भारतमै पनि नेपाली मंगोल छदैछैन रछ। मलाई नेपालको नृप (राजा) देखि रंक सम्म बुझन २०–२५ वर्ष लाग्यो र खााटी शत्रु राजा पाए पछि उसको विरुद्ध लडन म १९७२ देखि लागे, सफल पनि भएं। मैले वुटवलमा एउटा भाषणमा थारुहरु वुद्धिष्ट हुन मंगोल हुन भन्दा कसैले पत्याएनन्। १६ वर्ष पछि १९९६ मा मात्र थारुहरुको एउटा जमातले स्वीकार्यो र १८ वटा पुस्तकमा मैले भनेकै कुरा पाएछन् र एघारौ नम्वरमा मेरो नाम छ। बल्ल थारुहरुले मेरो कुरा वुझन थाले ― तराईको एउटा जिल्लामा वौद्ध गुम्वा नै वनाए भर्खरै अक्टोवर १७, १८, १९ ९कार्तिक १–२–३ ० मा लुम्विनिमा थारुहरु वुद्धिष्ट र मंगोल भएको वारे अधिवेशन पनि गरे। मैले थारुहरुलाई तिनिहरुको वास्तविकतामा फर्काइ दिए २ हजार ५ सय वर्ष पछि। मैले २४ वर्ष अघि १९८४ मा नै मेरो पुस्तक नेपालि राजनीतिमा अदेखा सचाईमा लेखेको छु। राजाको विरोधमा, धर्म निरपेक्षको पक्षमा र प्रान्तीय सरकारको पक्षमा। मैले त्यसै पुस्तकमा नेपालमा कि बुद्धिष्ट कि नेवारी (नेपाल) सम्वत् चलाउनु पर्छ कि सन चलाउनु पर्छ भनेर। वल्ल आजको युवाले पिडिले ९सबैले होइन० बुझन थाले त्यसको महत्व। मेरो पुस्तकहरु हिन्दी , अग्रेजी, महाराष्ट्र, भाषामा प्रकाशित भएर त्यसका हरफहरु हिन्दी पत्रपत्रिकामा निस्कीसके। मेरो पुस्तकमा लेखिएका कुराहरु बुझन इनेगिनेका बाहुन छेत्रि बाहेक अरुलाई धेरै वर्ष लाग्ने रहेछ। दानावारि इलामका एक जना कम्युनिष्ट नेताले मेरै एकजना कार्यकर्तालाई भनेका थिए। गोपाल गुरुङको कुरा तिमि मंगोलहरुले त वुझनै सक्दैनौ बुझ्यो भने हामी थाम्न पनि सत्कैनौ भनेर। एक जना नेपाल आएर स्वयं सेवकको रुपमा काम गर्ने बेलायतीले मेरो पुस्तक अस्तित्वको खोज मंगोलको र एमएनओमा पिएचडि अंग्रेजि संस्करण लगेर रातभरमा पडेर सिध्याएछ र भोलीपल्ट विहानै मेरो कार्यकर्ताको घरमा आएर उफ्रेछ, तिम्रो राजालाई काट्न पर्छ भनेर। गोपाल गुरुङको कु्रा तिमिहरुले त बुझदैनौ नै इन्डियामा पनि ५–६ जना ले मात्र बुझला। मेरो पुस्तकमा उहिल्यै निस्केको कुरा हिन्दु धर्म धर्म होइन भन्ने सत्यातालाई लिएर १९९६ मा युपीबाट एउटा पुस्तिका नै निस्केको छ र भारतका जवाहरलाल नेहरु, डाक्टर राधाकुष्ण, अम्बेडकर जस्ताका नाम छन् भने नेपालमा मेरो मात्र नाम छ। यहााको मान्छेको गिदिमा मन्त्री हुनुमात्र सफल राजनीति भन्ने संस्कार झांगिएको छ। मेरो निम्ती मन्त्री हुनु ठुलो कुरा होईन। मन्त्री भएर देश र जनताको निम्ती ठूलो काम गर्नू ठुलो कुरा हो। यहाँका पडन्ते मुर्खहरुलाई ९बुद्धिजिवि होइन० शब्दको अर्थ र त्यो अर्थको असर नै थाहा छैन मेरो राजनितिक र दर्शन बुझन भगिरथ तपस्या गर्नु पर्छ। तिनीहरुले बुझेको भनेको सानेा पद र अलिकति पैसा हो। तर अबको युवा पिढीले र भोलीको युवा पिढीले बुझछन्। मेरो कुरा र जुट्छन् संगठनात्मक रुपमा अबको लडाईमा मेरो जित हुन्छ र त्यो दिगो र दिर्घजिवी हुनेछ। यो पक्का हेा। आज सम्म एक्लैले ठुला–ठुला लडाई जिति सकेकेा छु । अहिले लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्ष र प्रान्तिय सरकारको बोक्रे खाका देखाइएको छ। मैले चाहेको गुदी हो।
तपाईस सग राजनीतिक, सैद्धान्तिक र बैचारिक रुपमा जनतासग जाने कुनै कार्यदिशा नभएकै कारण तपाईको संगठनमा संगठानिक रुपमा नै रिक्तता रहेको छ भन्ने हल्लाले पनि व्यापकता छाएको छ नि?
यसको उत्तर पनि नम्बर १ कै काफि छ।
संगठनलाई गतिशिलता दिने खालका भावि निति र कार्यक्रम के छन् त?
एमएनओमा संलग्न कार्यकर्तालाई छर्लङ्ग छ। चुहुने भााडामा पानी भरे जस्तो दोहोराई तेहेराई भनि रहान आवश्यक ठान्दिन।
अहिन्दु मुलबासीलाई प्यारालाइसिस बनायो तथाकथित एमाले शक्तिमा आए पछि मरेसकेको भाषा (म्भबम ीबलनगबनभ) लाई रेडियो नेपालबाट समाचार प्रसारणमा ल्याइयो। रुख रोप्नेलाई बृक्षारेापण, दुधलाई दुग्ध इत्यादि भन्न लगाइयो। आखिरीमा हामीलाई नै मास्ने काम न भयो। जसरी नेपालमा बाहुन क्षेत्रीलाई, मंगोल शब्द नै काउसो भएको छ त्यसरी नै संसारमा दातृ राष्ट्रलाई माओ शब्द काउसो हुन्छ। किनकी उ क्रान्तिकारी कम्युनिष्ट हो। माओवादीको नाममा शक्तिमा आउनु को निमित्त पैसा कमाएर भोज गर्नको निम्ति माओबादी नाममा निर्मम हत्या गरिएको छ। तस्करी, लुट र डकैती भएको छ। त्यो त निमुखा जनताले हेर्न शिवाय पचाउन सकेका छैनन्। त्यस्तो राजनीतिमा लोकतान्त्रिक गणतन्त्रमा नआई धरै छैन। त्यो क्रमिक रुपमा गोही बन्दै जानेछ। जसले नक्कली आासु पनि झााछर्, रंग पनि बदल्छ। हाम्रो मान्छे कंग्रेस भएर, मण्डले भएर, तथाकथित एमाले र माओवादी भएर, तातिय लडे, मरे, अस्तित्व विहिन भएर सिद्धिए। चोक्टा पाउने आास लिएकाले झोलमा डुबेर मरे, मारि रहेका छन्। मेरो अस्तित्वको निम्ति लडाई त्यो होइन। हाम्रो भावी पिढीको निम्ति सुन्दर नेपाल, सुरक्षित नेपाल, उज्जवल नेपाल बनाउनको निम्ति हो। विदेशी हिन्दु आर्यको पैताला चटाउनु होइन भन्ने बुझनु पर्छ।
मुलुकको बर्तमान राजनितिक अवस्थालाई यहाले कसरी हेरिरहनु भएको छ?
नेपालको वर्तमान राजनीतिक भनेको नै ६८ वर्ष देखि देश र जनतालाई ठग्ने ठग निति हो। नेपालमा आज सम्म राजनीतिक होइन अर्थात राष्ट्र बनाउने निति होइन। थोरै समयमा कसरी करोड पति र अरब पति बन्ने धुर्त निति मात्र चल्दै र चलाउदै आएको छ। किनभने राजसंस्था देखि लिएर राजनीतिक पार्टीका टाउके र लाउके नेताहरु सबै विदेशी हुन्। नयाा–नयाा नारामा डम्बरु बजाउने। यो देशलाई बन्धकी राखेर लुटी रहेका छन्। यिनीहरुको सोचाईमा पद र पैसा भए जे पनि गर्न सकिन्छ भन्ने छ। तर अब यो दिर्घजिवी हुन सक्दैन। जनता ५०–६० वर्ष अघि देखिको सोचाईको रोगले ग्रस्त छ। आवश्यक पर््यो भने यसलाई अप्रेशन गर्नु पर्छ। त्यो अरु कसैले गर्दैन, गर्न सक्दैन र चाहदैन। योे अप्रेशन आवश्यक परे मंगोल नेशनल अर्गनाइजेशनले मात्र गर्छ। किनकि उसलाई नेपाल बनाउनु छ। नेपाल अहिन्दु मुलबासी मंगोलको हो। अरुहरु विदेशी हुन्। आफनो घर त्यसैलाई मात्र प्यारो हुन्छ र बनाउछ त्यो जसको घर हो। आज सम्म देखा परेका नेताहरु नकचरो हुन्। आाधा शताब्दीमा हाम्रो छिमेकी मुलुक चीन, भुटान, जापान, कोरिया, थाइल्यान्ड जस्ता मंगोल मुलुकहरु कसरी दु्रत गतिमा बढे। तर, नेपालका मंगोलहरु किन आज पनि लेट–राइट लेट–राइटमा छन् र जुठो भााडा माझन, कसाई काम गर्न, उाटको गोठालो गर्न, बाटो खन्न लाखौ–लाख खर्चेर भौतारि रहेका छन्? यि सब राजनिति होइन ठग निति गर्ने धु्रतहरुको हातमा यो मुलुकको राजनीतिक सत्ता पुगेेकेा हुनाले र अहिन्दु मुलबासी मंगोलहरु नेपाल जसको देश हो, उनीहरुलाई ४४९ वर्ष देखि हिन्दु आर्यन बाहुन क्षेत्रीको दासताको धङ्धङ्तीले नछोडेकाले हो।
तपाई संविधान सभामा त हुनुहुन्न अहिले ने.क.पा. माओवादीको नेतृत्वमा संविधान सभाले संविधान सभाको कार्य तालिका पनि पारित गरि सकेका छन्। कार्यतालिका अनुरुप संविधान बन्छ भन्ने कुरामा तपाई कत्तिको विस्वस्त हुनुहुन्छ?
अब बन्ने संविधानमा लोकतन्त्र अथवा गणतन्त्र, धर्म निरपेक्षता र प्रान्तियतलाई संविधानको प्रस्तवनामा राखिएन भने तथाकथित राष्ट्रिय झन्डालाई नै यथावत राखियो भने गाईलाई नै राष्ट्रिय पशु राखियो भने संविधानमा क्ष्लमष्नभलयगक को सहि शब्द मुलबासी राखिएन भने र मैले दिएको १८ बुादालाई हेलचेक्राई गरियो, लत्याईयो भने भविष्यमा फेरि संकट निम्त्याइएको ठहरिने छ। संविधान बनाउन संविधान सभामा नै हुनुपर्छ भन्ने कुनै करकाप देख्दिन।
माओवादी कै नेतृत्वमा संविधान सभाले संविधानको कार्यतालिकालाई पारित गरे पनि संविधान निर्माण गर्ने सवाललाई ओझेल पार्न माओवादीले आफनै हिसाबमा विभिन्न समितिहरु बनाएर त्यति कै छाडि दिने, वाइसियलको आतंक जारी राख्ने घटनाहरुले यो प्रक्रियालाई पुरा हुन नदिने उसको निति नै देखिन्छ नि होइन र?
अब माओवादी नेतृत्व र वाइसियलको संविधान र अरु गोलिको बोली बोल्ने भाषा र मुंग्रे व्यावहारलाई भुते बनाउने शति्क फस्टाउनेछ र शति्कशालि पनि बन्दै जानेछ। माओवादिको बलियो नेतृत्व पक्षले यो वुझन र ग्लोबल राजनीतिकलाई हेर्ने प्रयास गर्नु राम्रो पक्ष हो। यसको तुलानामा वाइसियल ले136ट राइट ले136ट मात्र हो।
वाइसियलको आंतक जारि रहेकै अवस्थामा नेकपा एमालेले वाइसिएलसँग भिड्न कै लागि भनेर युथ फोर्सको गठन गरि हत्या र आतंकलाई निरन्तरता दिने काम गर्यो। यही अवस्थामा तपाईहरुले पनि मंगोल मुक्ति सेनालाई क्रियाशिल बनाउनु भयो। यसले वाईसिएल र युथ फोर्सलाई पछि पादै हत्या, हिंसा र अराजकतालाई थप टेवा पुर्याउने त होइन। मंगोल मुति्क सेनाको बारेमा स्पष्ट पारि दिनु हुन्छ की?
वाइसियल र युर्थ फोर्स पनि युवा शति्क नै हो। यस शति्कहरुमा विभिन्न नामले मंगोल युवाहरुलाई लडाउने – भिडाउने – मर्ने – मराउने षडयन्त्रको सृजना भएको हो भन्ने तथ्य अबको पिढिले बुझने छ, यो निश्चय नै भइसकेकेा छ। भेडाले भेडाकैसँग वाख्राले वाख्राकैसँग खोजे जस्तो हुनेछ, अब आगामि भविष्यमा मंगोल मुति्क सेनाको विषयमा तत्कालै केहि भन्न चाहान्न। यसको उतर भविष्यले नै दिने छ।
मुलुुकमा जति राजनीतिक अस्थिरता भयो उति माओवादिलाई सत्ता कब्जा गर्न सजिलो हुन्छ भनि माओवादी नेताहरुले भन्ने गरेका छन्। तपाईहरुले नेपालमा राजनीतिक अस्थिरता निम्त्याउन कै लागि मंगोल मुति्क सेनालाई क्रियासिल बनाउनु भएको त हैन?
मंगोल नेशनल अर्गनाइजेसनको विगतले र मेरो आज सम्मको भुमिका नै यसको निम्ति प्रशस्त उदाहरण हो। मात्र पढ्न सक्ने क्षमताको खााचो छ।
तपाईले आदिबासी जनजाति नेताहरुलाई मंगोल मुक्ति सेनाले कारबाही गर्ने र यसको जिम्मेवारी आदिबासी जनजाती नेताहरु स्वयं नै हुनुपर्ने धम्की युक्त पत्र पनि आदिबासी जनजातिलाई नेताहरुलाई दिनु भएछ। आदिबासी जनजाति नेताहरुलाई मंगोल मुक्ति सेनाले कारबाही गर्नु पर्ने कारण चाँहि के हो नि?
आदिबासी र जनजाति अहिन्दु मुलबासी Indigenous को नाममा ठगी खाने जमात हो र नेपाली जनता र नेपाल राष्ट्र कै पहिलो शत्रुको खम्बाको रुपमा जन्मिएर खम्बाकै रुपमा टेवा दिने शत्रुपनि हो। जसले हाम्रो अस्तित्व र भविष्यलाई पद र पैसाको लालचमा चकनाचुर पार्ने भुमिका खेल्दै आएको लामो समय भएको छ। यस्तालाई तह लगाउन त्यस्ता नै चाहिन्छ।Tit for Tat यस्ता जमातले बुझन चाहने र बुझन सक्ने भाषा त्यहि मात्र हो। भन्ने आज सम्मको तिनीहरुको व्यबहारले प्रमाण दिएको छ।
नेपाली कंग्रेस र माओबादी बीचको प्रतिशोधका भावनाको कारण पनि संविधान निर्माण सम्भाव छैन , भन्ने विश्लेषण पनि गर्न थालेका छन्। यो विश्लेषण कतिको सँाचो छ?
यसमा म त्यति विश्वास गर्दिन। संविधानलाई भकुण्डो बनाउने खेल खेलिनु अर्को विस्फेाटनको निम्ती निम्तो पठाउनु हो।
संघियताको मोडल लगायत संविधानको विभिन्न धाराहरु पास गर्ने सवालमा छलफल गर्न समेत नभ्याउने गरि छोटो समय बाँकी रहेको छ , यसले गर्दा विगतको जस्तै निर्देशित संविधान नै आउने हो कि भन्ने आशंका पनि नेपाली जनतामा छ नि?
छोटो समय र लामो समयको कुरालाई म त्यति महत्व दिन्न जतिको महत्व चासो राख्ने र टार्ने भुमिका प्रति रहन्छ।
विगतको जस्तै निर्देशित संविधान आयो समयमा नै संविधान बन्न सकेन भने त्यस अवस्थामा तपाईको संगठनले के भुमिका निर्वाह गर्न सक्छ?
नेपालमा के कुरा चाहि विदेशबाट आयात गरिएको छैन? यहााका स्वदेशी भनेर ४४९ वर्षदेखि अर्थात १४९५ देखिको हाम्रा राष्ट्रलाई नै भताभुङ्ग बनाएर हामीलाई शोषण र शोषण गर्ने हिन्दु आर्य, बाहुन क्षेत्रीहरु पनि विदेशी नै हुन् नि यसमा के को चिन्ता। मात्र हामीले हेर्नु पर्ने र खोज्नु पर्ने कुरा के हो भने त्यो भावी संविधान हाम्रो पक्षमा कत्तिको लाभदायक हुनेछ।
माओवादी अध्यक्ष प्रचण्डले समयमा नै संविधान बनाउने, शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने र अर्को निर्वाचनमा स्पष्ट बहुमत ल्याएर सरकार बनाउने र त्यस पछि हुने निर्वाचनमा त ९० प्रतिशत मत ल्याएर मुलुक हाँक्ने आकंक्षा प्रकट गरेका छन् नि?
यो प्रश्न मलाई होइन माओवादी अध्यक्षलाई नै गर्ने।
यतिखेर सरकार एकलौटी रुपमा माओवादीले चलाएको स्थिति छ। यसरी नै अगाडी बढ्ने हो भने माओवादीको बाटोलाई कस्ले छेक्न सक्छ र?
यो जिम्मेवारी विशेष गरेर कंग्रेस र तथाकथित एमालेले लिनुपर्छ। माओवादी जन्माउने र देशलाई लथालिंग पार्ने पनि यिनीहरु नै हुन्। यसको साथ साथै तथाकथित राप्रपा र जनशक्तिका नेताहरु पनि जिम्मेवार छन्। तर जनता जता मल्खु उतै ढल्कु भने झै छन्।
मुलुकमा गणतन्त्र स्थापना भएपछि जनतामा जुन आशा र उत्साह थियो त्यो सरकारले कायम राख्न सकेको पनि देखिएन, संविधान लेख्ने लगायत जनतालाई राहत दिने, शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने म्यान्डेड पाएको माओवादी नेतृत्वको सरकार असफल भएकै हो त?
यो त असफताको सुरुवात मात्रै हो। मेरो पुस्तक नेपाली राजनितिमा मंगोलबाद, बाहुनबाद, माओबाद पढे हुन्छ। यो पुस्तक ३ वर्ष अघि २००५ मा दुई पटक छापिएको थियो।
परिवर्तन गर्न आएको माओवादी पुर्व राजावादी र मण्डलेहरुलाई आफनो पार्टीमा भित्र्याएकै कारण माओवादी नेतृत्वको सरकारले गति नलिएर असफलता तिर गएको र अब माओवादी पार्टी सिहदरबारमा नै भासिदै छ भन्ने राजनितिक विश्लेषकहरुको धारणा छ , के यसमा तपाई सहमत हुनुहुन्छ?
माओवादी नेतृत्वको भित्री रुपमा विकसित संस्कारले साथ दिएको। यिनीहरु सबै ढुङगालाई दुध र मान्छेलाई मुत खुवाउने संस्कारमा हुर्किएका एउटै देशबाट यस मुलुकमा भित्रीएकाहरु हुन्। आफनो स्वार्थ अनुरुप नजिकिने र टाढिने यिनीहरुको संस्थागत स्वार्थ हो।
लोकतन्त्र, धर्म निरपेक्षता र प्रान्तिय सरकारको घोषणा सरकारले गरिसकेको छ। गोपाल गुरुङ् र मंगोल नेशनल अर्गनाइजेसनको माग पनि यही हो। यसलाई सरकारले पुरा गरिसकेको छ। यस अवस्थामा गोपाल गुरुङ् र मंगोल नेशनल अर्गनाइजेशन दुबैको भविष्य छैन भन्ने तर्क पनि सुन्न पाइन्छ। यस्तो तर्क गर्नेहरुलाई तपाईको जवाफ के छ?
जसले यस्तो तर्क दिन्छन् त्यसले राष्ट्रियता र अन्तराष्ट्रिय राजनितिको त कुरा नै छाडिदिउ। आागनको राजनिति पनि बुझन् नसक्ने हैसियत राख्छ। यस्तो पुङ्मागे तर्क वितर्कको पछि लागेर अमुल्य समय विताउनु व्यर्थ छ।
वर्तमान नेपालको भविष्य के छ र तपाई कस्तो नेपालको कल्पना गदै हुनुहुन्छ?
मेरो कल्पनाको नेपाल बुझने जमात हुर्कदै छ। हाललाई यस्तो जमात सृजना भएको नै रहेनछ भन्ने अनुभव भएको छ मलाई। मेरो लडाई अस्तित्वको निम्ती हो। त्यसैको निम्ति पहिलो चरणमा गणतन्त्र, धर्मनिरपेक्ष र प्रान्तियताको आवश्यक्ता थियो त्यो आएको छ तर नक्कलि रुपमा। यसलाई सक्कलि बनाउनु छ। पितललाई सुन भनि दिदाँ सुन भनेर रमाउने नेताहरुमा त्यो बुझने क्षमता रहेनछ। यिनिहरुको रगत–रगतमा ४४९ बर्षदेखिको दासता दैडिरहेको छ। रणबहादुर शाहले १७९६ मा मतवाली भनी दियो र बाहुनको खुट्टा हिन्दु समाजको सुत्र अथवा कुकुर सरह बनाईदियो। हिजो अस्ति सम्म मतवाली भन्न गर्भ गर्थ्यो। अब बाहुनको पैताला चाट्ने देश नै नहुने जमात जनजाति फिरिङगे Gypsy बनाईदिएको छ। त्यसमा मख्ख छ। अस्तित्व विहिन हुनु भनेको किरा फट्यांगा्र सरह हुनु हो जसलाई नबााचेको थाहा छ नमरेेको। पद्मा सुन्दर लावति एसएलसि सम्म पास नगरेको मान्छेलाई महेन्द्रले सुद्र बनाएपछि अर्थात बाहुनको खुट्टा कुकुर सरह बनाएपछि गृहमन्त्री दिएको थिए भने अहिलेका मन्त्रीहरु र सभाध्यक्ष भनेको एकातिर हिन्दु समाजको अति सुद्र अछुत जाति जनजाती बाहुनको पैताला बनाइए पछि अस्तित्वहीन बनाइए पछि त्यस पदहरुमा पुर्याइएका छन बाहुनको पैताला चटाएर र देशै नहुने व्यति्क जनजाति Gypsy बनाएर एक दुई जनालाई भरिया–अरौटे–भरैाटे–बैठके बनाएर मन्त्री पद त हिजो महेन्द्र – विरेन्द्र कंग्रेस र एमालेले पनि दिएकै थिए आज माओवादीले पनि दिएको छ– दयाको पात्र बनाएर, यो कुन ठुलो कुरा भयो र? मेरो लडाई अस्तित्वको निम्ति हो– आफनो मुलुकमा आफनो छोरा, नाति, नातिनि र आगामि शताव्दीऔ शताव्दी पछि जन्मने तपाई हामी अहिन्दु मूलवासि मंगोलको निम्ती हो दासताबाट मुति्क दिलाउने लडाई हो। भारतमा माहात्मा गान्धीले लडे जस्तो दक्षिण अफि्रकामा नेलसन मण्डेलाले लडे जस्तो र अमेरिकी काला राष्ट्रपति ओबामाले भर्खरै भने जस्तो। यो मेरो दर्शन अस्तित्वको लडाई बुझने छमता राख्न नयाँ पिडि तयार हुदैछ नयाँ पिडि जन्मदैछ। यो मतावाली – सुद्र – अतिसुद्र जनजाति फिरिङ्गे – देश नै नहुने जमातले त्यो रकरती पनि बुझन् सत्कैन। माओवादीकोे नाममा गरिएको लुटपाट– तस्करी– लुटेर मोज गरिरहेका गाडिहरु कमाएका अतुल सम्पति र शत्की दिर्घकालिन होइन। कंग्रेस शति्कमा आयो १५५९ मा हाम्रो पुर्खाकोे टाउको काटेको खुसियालि मनाउन विजया दशमीको घोषणा गर्यो महेन्द्रले १९६६ मा गाईलाई राष्ट्रीय पशु बनाएर।
२०६५ साल मंसिर १५ गते आइतबार मंगोल भिजन साप्ताहिकमा प्रकाशित अर्न्तवार्ता
|