माओवादीको लोकतान्त्रिक-गणतन्त्र सही दिशा
गोपाल गुरुङ
प्रेसिडेन्ट, मंगोल नेशनल अर्गनाइजेशन
शक्ति बन्दुकको थुतुनोबाट मात्र आउंछ माओ यसै भन्थे, जसले मुठीभर शोषक, सामन्त लुटाहा, फटाहा शासकहरुको शासन समाप्त पारी मान्छेको रुपमा बांच्न बाध्य पारिएका विशाल देशका विशाल समूहलाई मुक्त गरे आज अरबौंको संख्या नाघेको जनताको चीन सान, मानमा पुगेको छ, त्यो कसैको पुख्र्यौली सम्पत्ति नभएर जनताको मुलुक बनाइएको छ, राजा र लुटरहरुको कुनै राष्ट्र हुंदैन । राजाहरुको शक्ति भनेको पैसा, हतियार, सेना र पुलिसको बुटले मुलुकवासीको जर्जरित छाती टेक्नु हो । यसैकारण एउटा उखानले भन्छ, "राजाले कंगाल भन्दैन, आगोले कांचो भन्दैन, अपितु जब देशका शोषित, पीडित र आफूले गुमाउनु परे केवल भोको, नांगो र अभावग्रस्त जीउनु परेको प्राण हो" मुक्तिको लडाइंमा मर्नु अमर शहीद हुनु हो र बांचे सन्तान दरसन्तानको आङमा घाम लाग्छ, घामपानी छेक्ने ठाउं हुन्छ र एक छाक भए पनि गतिलो खानु पाउने आधार हुन्छ भनेर बुझ्ने शक्ति हुन्छ बुझ्न थाल्छ, तब त्यो शक्तिभन्दा ठूलो अर्को शक्ति हुंदैन । यसैकारण इरान, अफगानिस्तानका शाह, बादशाहले सुइंकुच्चा ठोक्नु पर्यो र्रर् इरानका शाहले त मर्ने ठाउंसम्म पाउनु गाह्रो भयो । दयनीय अवस्थामा पुर्याइएका जनता बिउंझेपछि र क्रुर शासकहरुको क्रुरोषित, पीडितले आफूजस्तै कमारा-कमारी मात्र जन्माइदिने मेसिन मात्र जन्माउंछन् । एकताका माओलाई पनि उनको लङमार्च सफल हुने देखेपछि शत्रुहरुले लालडाकु भनेको होइन र - क्रान्तिमा उत्रेका त्यसमाथि पनि सशस्त्र क्रान्तिमा उभेकाहरुको विरोधमा शत्रु पक्षले जति गाली गर्छ र आक्रमक बन्छ उति नै सफल भएको ठान्नर्ुपर्छ र त्यसको उल्टोमा आफूहरु कमजोर भएको बुझ्नर्ुपर्छ । भारतमा कम्युनिष्ट पार्टर्ीीे जन्म १९२१ मा भयो, एकताका खुबै शक्तिशाली बन्यो, २, ५०० गाउंहरुलाई मुक्त गरे, २,००० सामन्ती, शोषक र तिनीहरुका अरौटे-भरौटेहरुलाई सखाप पारेपछि १९६२ ताका हतियारधारी मार्क्सवादीको उदय भयो । त्यसपछि १९६७ ताका -एमएल) माओ पक्षधरको उदय भयो । झापासंग हातेमालो गरेर बसेको नक्सालबारीबाट सशस्त्र क्रान्तिको थालनी भयो र वर्गसंर्घष्ाको नामाकरण गरियो । बंगालका विभिन्न जिल्लाका कृषकहरु नक्सालबारी एक्सनले प्रभावित भएर साठी हजार हेक्टर भूभाग सामन्ती शोषकबाट खोसे । दार्जिलिङको सिलीगुढी वासिन्दा चारु मजुमदार नक्सालवादी काण्डमा प्रमुख नेता जसको आह्वानमा स्वदेश र विदेशमा अध्ययनरत विद्यार्थी मात्र होइन भारतमा अध्यनरत विदेशीहरु पनि प्रभावित भएर हतियार उठाउन जंगल पसे चारु मजुमदारको मृत्यु रहस्यमय ढंगबाट कोलकाताको एउटा जेलमा भयो । एक प्रकारले उनको हत्या भयो, चारुको हत्यापछि दर्जनौं नक्सलवादी नेताहरुको जेल जीवनपछि नेतृत्वविहीन प्रायः नक्सालवादी यत्रतत्र छरिएर भए पनि आङ्खनो बुताअनुसार ज्यान त्यागेर सैद्धान्तिक लडाइं लडिनै रहेका छन् । भारतको गणतन्त्र दिवस २६ जनवरीकै दिन यसै वर्षो र त्यसपछि पनि 'लालसलाम' नामक Îmिल्म भारतीय टिभिकै एउटा च्यानलमा प्रसारित थियो । जसमा नक्सालवादी किन जन्म्यो - भन्ने कारणमा शोषक, सामन्ती, ठालुहरुको क्रुर दमन, शोषण देखाइएको थियो र त्यसमा डक्टर, इन्जिनियरहरुको पनि सहभागिता देखाइएको थियो र पुलिस दमनको चित्र चित्रित थियो नेपालमा भित्रिएको माओवादीको सशस्त्र क्रान्ति पनि त्यस्तै हो । नेपालमा नक्कली भूमिसुधार त्याइएको महेन्द्रकै पालादेखि हो तर त्यो सब हात्तीको देखिने दाह्रा मात्र थियो । चपाउने दांत भने अर्कै नदेखिने थियो । नेपालमा हाल देखिएको र दिन दुइ गुणा रात चौगुणा भएर व्यापक रुपमा फैलिंदै गएको माओवादी सशस्त्र क्रान्ति पनि राजनैतिक उद्देश्यकै निम्ती देखिएको छ । माओवादीहरुले उठाएको हतियार क्रान्तिको पाइलाहरु सतप्रतिशत नै नराम्रो चाहिं होइन, अपितु एक्लो माओवादीहरुलाई आक्रमण गर्नचाहिं छुट भएकोले र माओवादीको टाउकोको करोडौं मूल्य जनताकै रगत र पसिनाको ढुकुटीबाट बांडिने प्रलोभन देखाएको भए तापनि कुनै भोको, नांगो जनताले त्यस प्रलोभनमा फंस्ने काम गरेको छैन, यसबाट माओवादीको हतियार क्रान्तिलाई लुटाहा, फटाहा, शोषक, सामन्ती, साम्प्रदायिक प्रहरी सेना शोषक शक्तिको विरुद्ध मौन र्समर्थन हो कि भन्ने भान पनि हुन्छ तर डर त्रासले व्याप्त चाहिं हुंदैन । हाल प्रचण्ड, डक्टर बाबुराम भट्टर्राई र रामबहादुर थापालाई माओको लङमार्चताका र त्यसपछि देखिएका तीन प्रमुख नेताहरु माओ, चाओ र चुते जस्तै देखिएको छ । नेपालमा यी नेताहरु भविष्यमा अवश्य नै खाओ, पचाओ र लुदे नबन्लान् देशको निम्ति भन्ने लागेको छ । माओवादी नेताहरुले केही समय यता व्यवहारमा ल्याएका तीनवटा स्वागतयोग्य पाइलाहरु चालेका छन् । ती हुन्( धर्मनिरपेक्ष, प्रान्तीय शासन र लोकतान्त्रिक गणतन्त्र -भारत वा अमेरिकामा जस्तो) यी माथिका पाइलाहरुको घोषणाले नेपालको बृहत र व्यापक अहिन्दू मूलबासी मंगोललाई पनि सहयोग पुग्छ र मैले यी मौलिक हकको निम्ति दुइ युगभन्दा बढी समयदेखि -चौबिस वर्षेखि) लेख्दै, बोल्दै, संर्घष्ा गर्दै आएको छु । जसको कारणले पञ्चे शासनमा विभिन्न अपराधीहरुका कोठामा -यद्यपी राजनैतिक बन्दी थिएं) जेल जीवन बिताउनु पर्यो, वर्षौ भूमिगत जीवन बिताउनु पर्यो र कैयौं धम्कीहरु सुन्नुपर्यो, सुन्नु परिरहेको छ । विश्वको एक्लो र आखिरी हिन्दू राष्ट्रका शक्तिसम्पन्न साम्प्रदायिक हिन्दू नेताहरुको जतिसुकै मानवतावादी र महानताको षड्यन्त्रकारी विखालु जालो हामी मूलबासी व्यापक अहिन्दू मंगोलहरुलाई मूलबासी अहिन्दू मंगोल भन्न्ामा रोक लगाइयो । लोकतान्त्रिक गणतन्त्र त कता हो कता ठूलो कुरा हो धर्मनिरपेक्ष र प्रान्तीय प्रशासनको कुरासम्म पनि गर्न दिएन, हामीलाई राजाको कुनै पनि सरकारले -अब हिन्दू मात्रको सम्राट) हामीमाथिको राज्य आतंक झन्झन् तीब्र पारिदै लगियो जिल्ला तहका प्रमुखदेखि केन्द्र तहसम्मलाई अहिन्दू मंगोल मूलबासी शब्द नै काउसो र ठस्स गन्हाउने भयो र हामीप्रतिको दमन शोषण धम्कीले घर घर त्रसित बनाइएको थियो, आङ्खनो ठानिएको मुलुक विरानो र आङ्खनै मुलुकभित्र शरणार्थी बनाइंदै लगियो । यसोसले शताब्दीऔं शताब्दीको व्यवहार न्यायाकानुन जितुवा र हरुवाको रुपमा ल्याइयो । हाम्रो अग्घिलतिर पनि जुझारु पाइलो उठाउनु र मार कि मरको पाइलो दृढतापर्ूवक उठाउनु सिवाय केही नभएको स्थिति सिर्जना भइसकेको थियो त्यति गर्न नसके शोषित, पीडित जनताको रगत र पसिनाको कमाइको अरबौं अर्ब खर्चेर जहानियां शासनको सुरक्षार्थ तालिम प्राप्त हतियारधारी प्रहरी, प्रशासन र सैनिकको बुट र सुटको अघिल्तिर अरु कुनै पनि बाटो थिएन । पचास वर्षो शासन सत्तालाई गहिरिएर मनन गर्ने हो भने पनि हिजोको पञ्चमण्डले आज राप्रपा भएजस्तो राणातन्त्र, राजतन्त्र र अरु अरुमा नामकै मात्र फरक देखियो । दार्जिलिङ, सिक्किम, देहरादुन, भाग्सु र बर्माबाट आएर लडेका गोर्खालीले ङ्खयांकिदिएको शासनमा एउटा तानाशाही जहानियां शासनबाट अर्को जहानियां तानाशाहीलाई शक्ति हस्तान्तरण गर्ने काम मात्र भएको छ । बृहत जनता त मूक दर्शक भएर पशु जस्तै जन्मेर पशु जस्तै बांच्नु र मर्नु विदेशमा पनि मान्छे मार्ने कर्साई भएर बेचिनु मात्र भयो । तिनीहरुको गाउं-ठाउंमा न शिक्षा पुग्यो न बाटो-घाटो तिनीहरुको सही आवाजलाई बुट, लुट र सुटले दबाईयो, तिनीहरुले न्याय पाउनु भनेको 'आकाशको फल आंखा तरी मर' थियो । जताततै पुलिस आतंक र प्रशासनिक दबाबले मुख थुनिएको छ, न्याय कानुन हात्तीको दांत र दाह्रा छ जुन देखाउने एउटा खाने अर्को सिवाय केही छैन तिनीहरुको निम्ती मुक्तिको निम्ती लड्नु मर्नु कि मार्नुबाहेक केही छैन मरे अभावग्रस्त जीवनले मुक्ति पाउने बांचे अगामी जिन्दगीले मुक्ति पाउने क्रान्तिकारी विचारले ओतप्रोत छन् तीस वर्षलामो लुटाहा शासन, फटाहा र दुष्टहरुको जगजगी रंजाइले र जय देश जय नरेश भनेपछि जे गर्दा पनि एक समूहलाई छूट नै छूट थियो भने अर्को समुदाय संसारभर चारो खोजी खान फेरी बजाएर घुम्दा पनि मर्ुर्कुट्टा भएर बांच्न बाध्य छन्, दुष्ट पाखण्डीहरु छ्याप्छ्याप्ती छन् त्यसपछिको बहुदल पछि अर्को जमातको उदय भयो, जुन एकदलीय मण्डलेभन्दा किन्चित पनि फरक भएन, हामीप्रतिको व्यवहार बानी, व्यहोरो, चाल चलनमा विचार सब एकै । त्यस्तो स्थितिमा र्सवस्व गुमाइसकेका हरुको साम्ने त्यसमा पनि अहिन्दू मूलबासी मंगोलहरुको निम्ती आंखा चिम्लेर हतियार उठाउनु सिवाय अरु केही थिएन जुन चाहना आज आएर माओवादीले पूरा गरिदिने लक्षण देखिएको छ माओवादी सफल भए कमसेकम झोपडीमा जन्मेका जनताहरु त शासन सत्तामा पुग्ने पहिलो अवसर पाउने छन् र जन्मसिद्ध राजा हुने अधिकार र तिनीहरुको आसेपासेहरुको धलिमलिको त अन्त्य हुनसक्छ र जनताको छोरा जनताद्वारा जनताको निम्ती भन्ने शासन पद्धतिको उदय त हुन्छ माओवादीको हतियार क्रान्ति राजनैतिक उद्देश्यको निम्ति र राज्यआतंकको विरुद्ध हो, माअेावादीकै कारण आज बुद्धको शान्तिको शब्द उच्चारण हुन थालेको छ नत्र बुद्धको नाम र लुम्बिनी विकासको कुरा ठगी खाने भांडो मात्र थियो । आज निर्दोष मानिसहरुलाई माओवादीको नाम दिंदै तातोगोलीले चिस्याउने काम भइरहेको छ र जनतालाई आतंकित गराइरहेको छ शक्ति सम्पन्नहरुबाट त्यसैको नाममा हतियार बटुल्ने कमिसन खाने धनीमानी बन्ने राम्रो मौका जुटाइरहेका पनि छन् । आतंक फैलाउने साधन जुटाउने र कमिसन जुटाउने काम तीब्र रुपमा भैरहेको छ निर्दोष जनतलाई मारेर बाहिरी संसारलाई माओवादी बढेको भ्रम फैलाउने कुचेष्टा भैरहेको छ । राष्ट्रको ठूलो ढिकुटीको अरबौं अरब खर्चिरहेको छ । जहानियां शासन दिगो बनाउने क्रममा र मालिकले मालिक नै जन्माउने र प्रजाले प्रजा कमारा नै जन्माउंदै जाने षड्यन्त्रकारी योजना चरम सिमामा पुगेको छ परन्तु थोरै जनतालाई धेरै दिन छक्याउन सक्छ धेरै जनतालाई धेरै दिन होइन । नेपाल शताब्दीऔंको राणा जहानियां तानाशाहीको लुट चरमसीमामा पुगेको थियो । दोस्रो विश्वयुद्धको धक्काले राणा साम्राज्यवादी लुटारहरुको शासन शक्ति ढले तापनि तिनीहरुको धलिमली जिउंदै छ र त्यो शासन शक्ति साहा जहानियां घरानामा हस्तान्तरण भएको छ र त्यसको आसेपासे र श्री ६ हरुको हात श्री ५ भन्दा माथि नै छ राणाको श्री ३ को ठाउंमा अर्को श्री ३ को जमात जन्मेको छ नेपाल एउटा राष्ट्र बनाइएकै छैन र भएकै छैन, नेपालमा राष्ट्रभित्र राष्ट्रहरु छन् । ९ल्बतष्यलक धष्तज ष्ल ब लबतष्यल० आज तिनै राष्ट्रहरु जर्ुमराएका छन् आङ्खनो अस्तित्व र अधिकारका निम्ती । यहांको झण्डा, क्यालेन्डर, पोशाक, बालबालिकाले स्कूलहरुमा गाउंनै पर्ने राष्ट्रीय भनिने व्यक्ति प्रशंसाको गीत -हिटलरको प्रसंशाको गीतजस्तै र हिन्दुहरुकेा विष्णुलाई प्रयोग गर्ने हेतुले बनाइएको प्रशंसाको गीत जस्तै) सबका सब अराष्ट्रवादी गतिविधिलाई राष्ट्रिय नामारण गरियो जस्तो बहुदलपछिको दरबार, कंग्रेस र तथाकथित एमालेको त्रिपक्षीय सम्झौतापत्रलाई संविधान न्वारान गरियो । ६ नोभेम्बर १९९८ को इलाम टुंडिखेलमा भेला भएको विशाल आमसभालाई सम्बोधन गर्दै मैले यो तथ्य प्रकाशमा ल्याएको थिएं र यो त्रिपक्षीय सम्झौतापत्र केवल कागजको खोस्टो हो पनि भनेको थिए । जुन तेह्र वर्षश्चात सही प्रमाण भयो । मैले धर्मनिरपेक्षको विषयमा लिखित रुपमा कंग्रेस सभापति गिरिजा प्रसाद कोइराला र मनमोहन अधिकारीलाई पनि दिएको थिएं ताकि तथाकथित संविधानको धारामा संशोधन गर्ने प्रयास जुटोस् तर परम्परागत बाहुन संस्कारमा हर्ुर्केका अप्रगतिशील जमातले आफूहरु कहिल्यै नडगमगाउने ठाउंमा पुगेको घमण्डमा तिनीहरुले जे भने पनि हुने र तिनीहरुले जसो गर्दा पनि हुने भन्ने विचारका जमातले आज पनि हिन्दु सम्राटलाई फकाएर हुन्छ कि धम्काएर हुन्छ कि दंगाएर हुन्छ आफूहरु शक्तिमा गएर प्रजातन्त्र -कमारातन्त्र) लाई नै दिगो राखेर परम्परागत आङ्खनो संस्कारलाई हर्ुकाउने ध्याउन्न मात्र गरेका छन् जब कि यी पार्टर्ीीका र्समर्थक विद्यार्थीहरुचाहिं लामो फड्को मारेर गणतन्त्रको सही आवाजको निम्ती प्रतिज्ञा पनि गरिसकेका छन् । माओवादी विचारमा क्रान्तिकारी भावना घोलिएको छ त्यसैकारण पनि मैले र मंगोल नेशनल अर्गनाइजेशनले चाहेको धर्मनिरपेक्ष, प्रान्तीय सरकार लोकतान्त्रिक-गणतन्त्र -भारत अथवा अमेरिकामा जस्तो) लाई स्वीकारेका छन् जसको निम्ती मैले दुइ दशकभन्दा बेसी समयदेखि आवाज उठाउंदै र लेख्दै आएको थिएं । आवश्यक परेको खण्डमा हतियार नै उठाएर खोस्न परेपनि पछि नपर्ने मानसिकतामा पुगेका थिएं । हामी दुइ शताब्दी भन्दा बेसी समयदेखि अर्काकै निम्ती अर्काकै भूमिमा लडेर मर्दै आएकाहरु अब एकपल्ट आङ्खनै भूमिमा आङ्खनै मुक्तिको निम्ती किन नलड्ने - किन मार्न र मर्न तयार नहुने - भन्ने मानसिकतामा पुगिसकेका छौं । यस अर्थमा हाम्रो विचारसंग माओवादीहरु नजिक देखिन्छ र उनीहरुको सशस्त्र क्रान्ति सम्पर्ूण्ारुपले नभए पनि चालिसदेखि पचास प्रतिशत सही छ । निर्दोष र हतियाररहित हातहरु तालिम प्राप्त र हयितारधारी प्रहरी र सेनासंग जुझ्न निर्बल से लडाइं बलवान कि ए कहानी है दिये कि और तुफान को जस्तो मात्र हुन्छ भन्ने मेरो ठहर थियो राजनैतिक वातावरण उम्लंदो क्रममा छ आज गिरिजा प्रसादको भनाइमा दुइ बन्दुके माझमा कंग्रेस र तथाकथित एमाले दर्ुइ ढंुगाको तरुल बनेका छन् भने भोलि सशस्त्र क्रान्ति गर्नेहरु सफल भएर सत्तामा आएको खण्डमा घुसखोरी भ्रष्टाचारी, तानाशाही र लुटारहरुलाई तह लगाउने हो कि भनेर मनमा ढ्याङ्ग्रो बजेको छ । यसको तार्त्पर्य उनीहरुले चलाएको आन्दोलनको विरोधी चाहिं होइन, र्समर्थक नै हुं । बहुदल आउनासाथ मण्डलेहरु प्रजातन्त्रवादी बने नाम फेरे तीस बर्षो पंचायत कालको भण्डाफोर होला जनताको सरकारले सजाय गर्ला भनेर डराए परन्तु जति जति समय बित्दै गयो त्यति त्यति आफूहरु झैं भ्रष्टचारी, घूसखोरी, चाकरीवाद, राजावाद नै फस्टाएपछि तिनीहरुले सन्तोषको सास मात्र फेरेनन्, आफैंमा लपेटे । अब माओवादीलाई मात्र होइन खाओवादीलाई पनि तह लगाउंछौं भन्ने धम्की पनि सहेर बस्नु परेको छ । किन चाउरिस मरिच आङ्खनै रागले भनेजस्तै त्यसैले यी ठूल्ठूला क्रान्तिको गफ हांक्नेहरु पनि सम्राटकै शरणमा पुगे । अब हिन्दु मात्रको सम्राटले श्री ५ को बदलामा हिन्दू सम्राट र साम्राज्ञी शब्दको प्रचारमा र व्यवहारमा ल्याए उपयुक्त होला कि - श्री ५ भन्ने बित्तीकै श्री ६ भन्द तल परियो र ५ माथि ६ हुन्छ नै तर सम्राट मात्र भनिनाले आफूमाथि कोही हुंदैन भन्दा कंग्रेस र तथाकथित एमालेको सुर बेलायतमा जस्तो कठपुतली राजा राख्ने र दुइवटा मात्र पार्टर्ीी कहिले कंग्रेसले शासन सत्ता हत्याउने, कहिले तथाकथित एमाले शक्ति शासनमा आउने र क्रमिक रुपमा आङ्खना मानिसहरुलाई सैनिक, प्रहरी, न्यायालय, प्रशासनमा भर्दै जाने र हिन्दु सम्राट र यहांका मूलबासी अहिन्दू मंगोललाई कज्याउने र तहसनहस गर्ने सपना साकार नहोला कि - अब कंग्रेस र तथाकथित एमालेका भ्रष्ट जालमा परेका गिरिजा कै शब्दमा दुइ बन्द्ुके माझको स्याण्डविच मात्र बनिन लागेका छैनन् । अपितु दूरगामी राजनैतिक चेतनाशील र देशको आर्थिक स्थिति निहालेर हर्ेन सक्ने निर्भिक विद्यार्थी नेताहरुले पनि गणतन्त्रको दूरदर्शी नारा लिएर आउन थालेका छन् र कमारातन्त्र प्रजातन्त्रमा नै रमाएर निहित स्वार्थ लिप्त नेताहरुलाई स्याण्डविच बनाउने दबाब दिन थालेका छन् । म यो गणतन्त्रको नारालाई स्वागत गर्छर्ुुकन कि मैले चाहेको भारतको जस्तो लोकतन्त्रसंग नजिक छ र म माओवादीको सम्पर्ूण्ा कदमको पक्षधर नभए पनि माथि उल्लेखित कदमको र्समर्थन गर्छर्ुु माओवादीले धर्मनिरपेक्षको पक्षमा एक बोलेको थियो, अरुहरु पनि बोलीहाले र स्वामिभक्त जनजाति ङ्खयाउराहरु त झन् तंछाड कि म छाड भएर बोलर्ेर्, तिनीहरुका मालिकहहरुको गन्ध पाएर यतिका वर्षकहां थिए र किन बोलेनन् यी ङ्खयाउराहरु र तिनका मालिकहरु - विभिन्न जनजाति ङ्खयाउराहरुमा विभिन्न मालिकहरु छन् र ङ्खयाउराहरु विभिन्न भाकामा बोले पनि व्यहोरा चाहिं एउटै हुन्छ । नेपालमा टोनी ब्लेयर थुपै्र छन् बुसले विन लादेनलाई आतंककारीको पद के दिएका थिए यता प्रजातन्त्रवादी कमारातन्त्र कंग्रेसबाट छुट्टएिर खांटी कमारातन्त्रवादी राष्ट्रिय प्रजातन्त्रवादीका प्रमुख नेता शेरबहादुर देउवा शेरजस्तै भएर गर्जी हाले माओवादी भनेको आतंकवादी हो । र माओवादी नेताको टाउकोको मोलतोल भइहाल्यो यस्तो बहादुर काम गर्ने देउवा अक्षम ठहरिएपछि सांच्चैको अक्षम प्रमाणित भयो किन भने एकातिर पुग्न उडेको मान्छे अर्कोतिर गुड्न पुगेको पाइयो र हतियारको व्यापारमा कमिसन कुम्ल्याउने सुरमा- एउटा ठकुरी राजा काम नलागेपछि अर्को ठकुरी राजा चन्दलाई अघि सारियो तर चन्द ठकुरी राजा पनि टिकेन र भत्ता दिंदै राखिएको शरदचन्द्र शाहालाई ल्याउन चाहिं के मिलेन कुन्नि ठकुरी राजा नै भएतापनि प्रधानमन्त्रीको कर्ुर्सर्ीी पुगेन । अब ठकुरी छेत्री नपाएपछि छेत्री थापा नै रोजाइमा परे । पंचायतलाई जिताउन जुनसुकै तिकडम गरे पनि राजालाई बलियो त पारे । मैले माओवादी नेताहरुलाई धर्मनिरपेक्ष प्रान्तीय शासन र लोकतान्त्रिक गणतन्त्र स्पष्ट रुपमा भारत वा अमेरिकाको जस्तो भनेर घोषणा नगरिन्जेलसम्म शंकाको सोचाइले सोचेको थिएं । त्यो सोचाइ थियो दरबारपक्षीय हो कि भनेर, त्यसको अर्को जड कारण के पनि थियो भने सुरेश आले जस्तो जनजाती नेता माओवादीमा थिए । जनजातीको जन्म गोरखपुरमा भएको हो र त्यसको न्वारान गर्ने मोहन विक्रम सिंह हो । जो दरबारिया कम्युनिष्ट हुन्, जनजाति दरबारिया खम्बाहरु हुन् र पछि यिनीहरुको बीउ विभिन्न दलमा आ-आङ्खनो स्वार्थको निम्ती प्रयोग हुने गरी रोपियो मूलबासीलाई जनजाती 'फिरिंगे, बन्जारा' बनाउने भनाउने र मूलबासीको नामको सहयोग लुट्ने मूलबासी अहिन्दूलाई हिन्दु वर्ण्ाानुक्रममा अति शुद्र -कुकुरभन्दा तल्लो श्रेणीमा पुर्याउनेहरुमध्येका एक नेता हुन् सुरेश आले र उनी माओवादी नेता पनि थिए परन्तु अब माओवादी नेताहरुले शताब्दीऔं शताब्दी पछौटाएर राखिएका शोषित, पीडित मूलबासी अहिन्दू मंगोल मुक्तिको निम्ती पनि एकपछि अर्को पाइला चाले । ती हुन्-कर्ण्ााली अञ्चल, मगरात, तमुवान, थारुवान जस्ता कदम र सबैभन्दा घतलाग्दो प्रस्ताव हो, लोकतान्त्रिक गणतन्त्र भारत वा अमेरिकाको जस्तो को । यसले पञ्चेहरुको कुरै नगरौं किन भने तीस वर्षो शासनले घृणा सिवाय केही जगाउंदैन तर प्रजातन्त्रमा समाजवादको डिङ हाक्ने कंग्रेसहरु र शोषित, पीडितको भलाइ गर्ने भनेर झ्याली पिट्ने ब्रि्रेका माकपा संकर्ीण्ा र राजाको चाकरीमा प्रजा नै भएर ढोगेर बस्ने र जनतालाई पशु बनाएरै राख्ने मनोवृत्तिको सक्कली अनुहार त र्छलंग भइसकेको छ, बुझ्नेलाई खर्ुपाको बिंड भनेको यही हो, म फेरि माओवादीको शतप्रतिशत पाइलोमा सहमत हुन तत्कालै नसकिए पनि चालिस प्रतिशतसम्ममा सहमत छु । चाहे यो लेख्दा र बोल्दा क्रुसिफाइड नै हुनु परे पनि म हचकन्न र त्यसको सामना दृढतापर्ूवक गर्ने छु । यहांका हिन्दू मात्रका सम्राटदेखि अहिन्दू मूलबासी मंगोल, अहिन्दू बुद्धिष्ट, क्रिश्चियन, मुसलमान, सिख र जैनका होइनन्, लिएर सबैजसो पार्टर्ीी सबैजसो नेताहरुलाई भारतको विश्वहिन्दू परिषद्का नेताहरुको आशर्ीवादको टिको चाहिन्छ । शाही बाबाको शक्तिको टीको चाहिन्छ र भारतका हिन्दूबादी नेताहरुको उपदेश शिरोधार्य गर्नुपर्छ र ती भारतीय गुरुहरुले दक्षिणाको रुपमा लाखौं लाख रकम र भूमि दान पाउंछन् । शैलजा आचार्य, महेश आचार्य, लोकेन्द्रबहादुर चन्द, शेरबहादुर देउवाहरु यसै हांचका हुन् । हिन्दु सम्राट ज्ञानेन्द्रले भारतका विश्वहिन्दू परिषद्का अध्यक्ष अशोक सिंघलको यो पद्वी यसै वर्षो जनवरी २३ मा पाएर ९० करोड हिन्दू को सम्राट भएको फटाहा कुरा गरेर फर्के, सही अर्थमा हिन्दु संस्कारका बाहुन र छेत्री मात्र हिन्दु हन् र बाहुन, छेत्रीको संख्या भारतमा १५ प्रतिशत र नेपालमा २० प्रतिशत मात्र छन् संसारमा नै टुप्पी राख्ने यी जनैधारी कन्दने बाहुन, छेत्रीहरुले हिन्दूवादलाई हिन्दु धर्मभनेर घोकाउने प्रचार-प्रसार गर्ने काम १९२७ देखिको हो, विश्व हिन्दु महासंघका सम्बन्ध राष्ट्रीय स्वयं सेवक संघ -रासस) संग नङ र मासुको जस्तै छ । राससको जन्म नागपुरमा १९२५ मा केबी हेडगेवरद्वारा विजया दशमी रामनवमीकै दिन पारेर भएको हो । यसको उद्देश्य बौद्धमार्गीहरुलाई नष्ट, भ्रष्ट गर्नु र क्रिश्चियन, मुस्लिमहरुलाई तह लगाउनु हो । यिनीहरुको कुनै विधान छैन । सदस्य संख्याको र हरहिसाबको रर्ेकर्ड छैन, सुरुमा यिनीहरुको सदस्य संख्या पांच जना मात्र थियो । यिनीहरु क्रिश्चिनियटीको विरोधी भए तापनि ब्रिटिश शासनको विरुद्ध नभएको कारणले ब्रिटिशहरुले सहयोग नै गरे बाधा पुर्याएनन्, परन्तु एकजना सिआइए सदस्य जेए कार्टनले चाहिं यस संघलाई सुक्ष्म रुपले हेरिरहेका थिए । यो संघका खम्बा र र्समर्थकहरुको मूल लक्ष्यलाई पृथ्वीनारायण शाहले भनेजस्तै असली, हिन्दुस्थान भनेको नेपाल यही हो, को सपना साकार गर्नु इतिहासकार अम्बिकाप्रसाद उपाध्याय एमए बीएल पटना हाइकोर्ट, मेम्बर लेजिसले टिम काउन्सिल बिहार उडिसाद्वारा १९३० -७४ वर्षअघि) को नेपालको इतिहासको सुरुमा नै नेपाल भारत वर्षरीको एक अति रमणीय र र्सवसुखबद्ध पुण्यभूमि हो भनेर लेखेका छन् । नेपाल भारतकै बाहुनवादी सामाजिक व्यवस्था ९द्यचबजamष्लष्अब क्ियअष्ब इिचमभच० भित्र संचालित भएको छ र एक अर्थमा यो भारतकै एउटा अंग बनाइएको छ फटाहा बाहुनहरुले बुद्ध धर्मलाई बाहुनवाद हिन्दूवाद कै एउटा अवतार भन्नमा किन्चित नहिचकिचाए झैं त्यही अनुसार शिक्षा दिक्षा दिएझैं नेपाललाई भारतकै एउटा अंग मान्दै आएकोमा विष्णु अवतार ज्ञानेन्द्रले बाहुनहरुको भनाइ र लेखाइ अनुसार राजा विष्णुको अवतार अल्पसंख्यक हिन्दु मात्रको सम्राट भएकोमा के विरायो र - सम्राट भएपछि र स्वयं विष्णु अवतार भएपछि श्री ५ भनेर लेखेर श्री ६ मा अरु कसैलाई त राख्न परेन । श्री ५ महाराजाधिराज भएपछि श्री ६ को आज्ञानुसार जसो भन्छ, त्यसै गर्नुपर्छ र तिनीहरुले केवल माग्नु जानेका र लुट्न जानेका हुन्छन् किन भने उ पनि त मारवाड नै हो नि आखिर जोसुकैले पुख्र्यौली भूमि खोज्ने र आफू जन्मेको माटोमा अधिकार खोज्ने गर्छन् भने सम्राट ज्ञानेन्द्रले पनि मारवाडी भाइको सुनको गद्दीमा बसेर सम्राट बन्न किन नपाउने र मारवाडीहरुले पनि आङ्खनो सम्राटको अघि पाउनै पर्ने नागरिकताको बिन्ती विसाउनु किन नपाउने - अब नेपालमा संविधानसभा बनेर खा"टी संविधान बन्नर्ुपर्छ र माओवादीले भनेझैं नेपाल धर्मनिरपेक्ष मुलुक बनिनु पर्छ, प्रान्तीय शासन हुनर्ुपर्छ लोकतान्त्रिक गणतन्त्र मुलुक हुनर्ुपर्छ भारतको जस्तै यो मेरो र मंगोल नेशनल अर्गनाइजेशनको पनि भनाइ र माग हो, धर्म विश्वास र आस्थामाथि निर्भर हुने भएकोले त्यो रोज्नु नरोज्नु हिन्दू मात्रको सम्राटको इच्छाको फैसला हो । त्यसमा अरुको टाउको दुखाइ नै किन - त्यसमा लोकतन्त्र भए पछि ९चभउगदष्अिबल अयगलतचथ० राजतन्त्र समाप्त हुन्छ र राष्ट्रपतिको निर्माण हुन्छ त्यसमा सम्राटको स्थान के - भि सी एम सी प्रबल महाप्रबल भनेजस्तो हुने कि - नेपालमा संविधान नै नभएकोले र त्रीपक्षिय सम्झौता पत्रलाई तथाकथित संविधानको नाम दिएर यत्तिको वर्षम्म शक्ति प्राप्त व्यक्तिहरुले बृहत जनतालाई ठग्दै र अल्माउ"दै आएकाले न त संविधान खोसियो भन्ने प्रश्न उठ्छ न त संविधान संशोधनकै बहस हुन्छ हुन्छ त सम्पर्ूण्ा नया" सोचाइ नया" ढंग र बृहत नेपाली पक्षको भलाइको र राष्ट्र राष्ट्रवादी सोचाइको संविधान यस समय माओवादीहरु संसारकै अत्यन्त शक्तिशाली देशहरुको अत्याधुनिक हातहतियार र हेलिकोप्टर बमहरुस"ग र यी शक्तिशाली मुलुकका सल्लाहकारको बुद्धिस"ग लडिरहेका छन्, नेपालका कतिपय सैनिक अधिकारहिरुले जर्जडब्ल्यु बुसलाई जर्जडब्ल्यु बुस अर्थात् डब्ल्युलाई वर्ल्डको अर्थमा परिणत गरी बुस चाहि" संसारकै न्यायाधीश हो भन्न लागेका छन् ।
अघिल्लो राष्ट्रपति बुस नेपालमा एक दलीय तानाशाही पंचायती व्यवस्थालाई ढालेर बहुदलीय व्यवस्था ल्याउन चाहन्थे भने हालका बुस त्यसको ठीक उल्टो छ आतंकवादको नाममा राज्य आतंक मच्चाउनेहरुलाई नै सहयोग गर्नमा तल्लीन छ, यस्तै छ भारतको नीति पनि र यी दुवै लोकतान्त्रिक मुलुकहरु नेपालमा परम्परावादी एकतन्त्रिय हिन्दु राजतन्त्र दिगो राख्न चाहेको देखिन्छ, यो नेपाल कै लोकतन्त्रको पक्षधर जनताको निमित्त दुखदायक कदम हो सायद यी दुवै मुलुक चाहन्छन् । राजतन्त्र बलियो भए एक व्यक्ति राजालाई -अब सम्राट) हातमा लिन सजिलो हुनेछ -अब भारतमा धर्मनिरपेक्ष पक्षधर कंग्रेस र कंग्रेस र्समर्थक धर्मनिरपेक्षवादीहरुको विजय भएको छ) । यस समय नेपालमा दर्ुइ राज्यका दर्ुइ सैनिकहरु माझ युद्ध चर्केको छ, एउटा सैनिक शक्तिले एक व्यक्ति तिनका परिवार र थोत्रो परम्परालाई थाम्नको निम्ती प्रहरी र सेना राखेर दशौं अरब बिसौं अरब राज्य ढुकुटीबाट खर्चने छुट पाइरहेका छन् भने अर्को शक्तिलाई यतिको रकम कहा"बाट जुटाउने - कसले दिने - अब निकट भविष्यमा हुने अमेरिकी चुनावले पनि माओवादी लोकयुद्धमा असर पार्छ र डेमोक्य्राटिक शक्ति सत्तामा आयो भने त्यसको असर नेपालमा पर्छ नै । भारतमा धर्मनिरपेक्ष पक्ष शक्तिमा आयो अब धर्मनिरपेक्ष, प्रँन्तीय सरकार र लोकतान्त्रिक शक्तिलाई टेवा पुग्ने विश्वास गर्न सकिन्छ । नेपालमा प्रजातन्त्र होइन लोकतन्त्र चाहिन्छ । लोकतन्त्र जनताद्वारा, जनताको निम्ती, जनताको ९मझयअचबअथ दथ तजभ उभयउभि ायच तजभ उभयउभि या तजभ उभयउभि।० । आजभोलि जुन ज्ञट- द्दछ-द्दण्ण्द्ध सिलगढी भारतबाट प्रकाशित ।