निचकाम गर्न परे पनि, हत्याहिंसा गर्न परे पनि र पैसाको खोलो बगाउन परे पनि प्रवाह नगर्ने भएका छन् । भारतको मुम्बइ हत्या काण्डमा नरसंहार गर्नेहरु हिन्दुवादीहरु र गिरुवा वस्त्रमा हिड्डुल गर्ने बर्न संकरहरु नै पक्राउ परे पछि अब भेद खुल्दै आएको छ । ज्ञानेन्द्र र्सव शक्तिमान हुंदा नेपालमा भारतबाट ल्याएर हिन्दु कट्टरपन्थीहरुलाई अत्यान्त गोप्या रुपमा तालिम दिने हतियार र पैसा दिने काम गरिएको तथ्याहरु पनि एकपछि अर्को अर्को पछि अर्को गर्दै प्रकाशमा आउन थालेको छ र ज्ञानेन्द्रको चर्तिकलाहरु पनि मुठीबाहिर हुन थालेको छ र डोकोले छोपेर लुकाउनु जस्तै भएको छ ।
भारतीय चुनावमा वीजेपी -बाहुन जात पार्टर्ीीलाइ चालिस करोड सहयोग गरेको जताततै सुनिन्थ्यो । हत्यारा शंकराचार्य ज्ञानेन्द्रलाई गद्धी थमाउने आशिरवाद बोकेर आएको पनि चर्चाको विषय बनेको थियो । भारतीय बगमफुसे हिन्दु नेता अशोक सिंहल पनि हिन्दु राष्ट्रकै सन्देश र ज्ञानेन्द्रलाइ विश्वकै हिन्दु सम्राट बनाउने फर्ुर्के फेटा बोकेर आएका थिए तर फर्केर गए पछि फेटा सर्ुर्केको फेला पर्यो । नेपालका जंगलहरुमा भारतका कट्टरपन्थी हिन्दुहरुलाई ल्याएर हतियार तालिम दिनेक्रम पनि चलेको थियो । यसरी तालिम दिने ठाउंहरुमा मोरंगको मंगलबारे पनि थियो । मंगलबारे बजारदेखि अलिपर जंगलमा पर्ूवबाट पश्चिम आउंदा देब्रेपट्ट िनितान्त खाली रहेको भवन र जंगलमा त्यो काम हुने गरेको थियो ।
नेपाल लोकतान्त्रिक गणतन्त्र धर्मनिरपेक्ष-प्रान्तीयतामा डोहोरिएपछि भारतीय कट्टर हिन्दुबादी हिन्दु आर्यन बाहुन छेत्रीहरु र नेपालका कट्टर पन्थी हिन्दु आर्यन बाहुन छेत्रीहरुले आङ्खनो दोहालो काडिएको ठानेका छन् र हिन्दुत्वको निम्ती हिन्दु राजालाइ जतिको सजिलै ढाल बनाउन सकिन्छ त्यतिको सजिलो अरुबाट नहुने भएकोले आङ्खनो अत्यन्त निहित र्स्वर्थको निम्ती ज्ञानेन्द्रलाई जोगाइ राख्ने हरप्रयास चक्नाचुर भएको देखेपछि हतियारको धम्की दिन थालिएको छ हिन्दु राष्ट्रको निम्ती । हिन्दुराष्ट्रलाइ छाड्ने नत्र हतियार उठाउने धम्की दिने मध्येकै हेम बहादुर कार्की पनि हुन् । हेमबहादुर कार्की भ्रष्टचारमा परी जागिर खोसिएका नेपाली सेनामा कर्नेल सम्म भएका बहुस्वास्नीका पति-चेतनकार्कीका आङ्खनै दाजु-देहरादुन निवासी हुन् । देहरादुन निवासी भएकै कारण देहरादूनमा छरिएर बसेका पर्ूव सैनिकहरुलाइ विभिन्न प्रलोभन दिएर नेपालमा हतियार उठाएर नै भए पनि ज्ञानेन्द्रलाइ पुन स्थापित गर्ने र हिन्दु राष्ट्र पर्ुनर्बहाली गराउने भनेर राखिएको बैठकमा आङ्खना दुइ चार जना हर्ुर्केबढेका र झूठो प्रलोभनमा फंसिएकाहरु बाहेक कोही न नजुटे पछि निरास भएर झोली तुम्भी लिएर फर्केको कुरा भरपर्दो श्रोतले बताएको छ । हेमबहादुर कार्कीले विश्वहिन्दू परिषदकै रकम पनि ठूलो मात्रामा भ्रष्टचार गरेपछि केही वर्षअघि भ्रष्टाचारीको नाममा चर्चामा आएका व्यक्ति हुन् । देहरादूनको पर्ूव सैनिकलाइ प्रलोभनमा फंसाइ एकत्रित पार्ने प्रयास पनि फेल भए पछि निरासिएर बसिरहेको पनि समाचार श्रोतले बताएको छ ।